जापान (टोकियो), १४ असोज । नेपालमा संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै अधोषित नाकाबन्दी गरेको छिमेकी मुलुक भारतविरुद्ध जापानमा भएका नेपालीले बिहीबार राजधानी टोकियोमा प्रदर्शन गरेका छन् ।
सयौँको सङ्ख्यामा आएका नेपालीले टोकियोस्थित कुदानसीतामा रहेको भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘नेपालीको संविधान भारतका लागि होइन, आन्तरिक मामिलामा हस्तक्षेप गर्न पाइँदैन, सार्वभौम नेपालीको सम्मान गर, अन्तर्राष्ट्यि कानुन मिच्न पाइँदैन’लगायतका नारा लगाउँदै टोकियोस्थित भारतीय राजदूतावासमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का उपाध्यक्ष भवन भट्टको नेतृत्वमा भएको विरोध प्रदर्शनमा राष्ट्रिय झन्डा र नेपाली वेषभूषामा जापानका ५० भन्दा बढी सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए । भारतीय हस्तक्षेपका विरुद्ध आन्तरिक रुपमा विरोध गरिरहेका नेपालीले लगातारको नाकाबन्दी कायम राख्दा जापानमा भएका नेपालीलाई पीडा भएको भन्दै जापानस्थित भारतीय राजदूत दिपा गोपालन बाधवामार्फत भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
भारतीय राजदूतावासमार्फत पठाइएको तीनपृष्ठ लामो ज्ञापनपत्र बोधार्थका रुपमा संयुक्त राष्ट्रसङ्घको कार्यालय, जापान सरकार र सार्कराष्ट्रका सबै राजदूतावासमा समेत पठाइएको गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष सुदन थापाले बताए ।
ज्ञापनपत्र बुझेपछि जापानका लागि भारतीय राजदूत बाधवाले कुटनीतिक रुपमा समस्याको समाधानमा आफूले सक्दो पहल गर्ने आश्वासन दिएका छन् । ज्ञापनपत्रमा भारतजस्तो ठूलो प्रजातान्त्रिक मुलुकले सबै राष्ट्रमा शान्ति सुव्यवस्था कायम गर्दै छिमेकी राष्ट्रले अवलम्बन गरेको नीतिअनुसार सहयोगी भूमिका निर्वाह गर्न भनिएको छ ।
संविधान जारी भएपछि असन्तुष्ट पक्षले तराईलगायत कतिपय स्थानमा गरेको आन्दोलनको मौका उठाउन नेपाली नेपालीबीचको विवादमा मुछिनु भारतको गलत कार्य भएकोे भन्दै प्रर्दशनकारीले भारतविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
एनआरएनएका उपाध्यक्ष भट्टले भारतीय हस्तक्षेपविरुद्ध गैरआवासीय नेपाली सङ्घले थालेको यस कार्यमा साथ दिन विश्व समुदायसमक्ष आग्रह गरे ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा