काठमाडौँ, १४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले नेपाल र भारतको सीमा क्षेत्रमा देखिएको अवरोध कूटनीतिक पहलबाट चाँडो खुलाउन प्रयास भइरहेको बताएका छन् ।
दुई देशको सीमा क्षेत्रमा जारी अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्याको समाधान र तराई मधेसको आन्दोलन वार्ताबाट निकास खोज्न आग्रह गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएका विभिन्न नौ विद्यार्थी सङ्गठनका प्रतिनिधिसँग प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रियताका पक्षमा खुट्टा नकमाईकन आफूले काम गर्ने दृढता व्यक्त गरे ।
प्रमण्डलमा सहभागी नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेका अनुसार प्रधानमन्त्रीले वर्तमान सन्दर्भमा युवा र विद्यार्थीलाई संयम हुन भन्दैै भारतको झन्डा जलाउने वा विशिष्ट व्यक्तिको पुत्ला दहनजस्ता कार्य गरेर स्थितिलाई असहज बनाउनतिर नलाग्न पनि आग्रह गरे ।
ध्यानाकर्षणपत्रमा भारतले देखाएको हस्तक्षेपपूर्ण व्यवहारको आलोचना गर्दै स्थितिलाई सहज बनाउन आग्रह गरिएको थियो । सो क्रममा नेवि सङ्घका अध्यक्ष रञ्जित कर्ण, अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ललगायत नौ विद्यार्थी सङ्गठनका प्रतिनिधि सहभागी थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो