
नेपाल कम्युनिष्ट पार्टी–माओवादीद्वारा भारतले हालै गरेको नाकाबन्दी खुला गरिनुपर्ने, राज्य आतङ्क बन्द गर्नुपर्ने माग गर्दै बुधबार रत्नपार्क शान्ति वाटिकाबाट सुरु गरी भन्द्रकाली, सहिदगेट, न्यूरोड, वसन्तपुर, असन हुँदै भोटाहिटीसम्म गरिएको रयालीपछि मन्तव्य व्यक्त गर्दै उक्त पार्टीका नेता देवेन्द्र श्रेष्ठ । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १३ असोज । नेकपा–माओवादीले भारतको अघोषित नाकाबन्दीको विरोधमा राजधानीमा प्रदर्शन गरेको छ ।
शान्तिबाटिकाबाट नारा, जुलुससहित सुरु भएको प्रदर्शन बागबजार, प्रदर्शनीमार्ग, शहिदगेट, न्यूरोड, असन हुँदै भोटाहिटी चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
जुलुसका सहभागीहरूले भारतीय नाकाबन्दीको विरोधमा चर्को नारबाजी गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै माओवादीका उपत्यका व्युरो इन्चार्ज एवम् पोलिटब्युरो सदस्य दिनेश शर्माले नेपाली जनताको सार्वभौमिकतामाथिको हस्तक्षेपका रुपमा भारतबाट नाकाबन्दी भएको बताए ।
उनले नेपालको आन्तरिक मामिला नेपाली राजनीतिक दलहरू नै समाधान गर्न सक्षम रहेको र त्यसमा भारतीय पक्षले दबाब दिनु अनुचित भएको बताए ।
आन्दोलरत दलहरूको मागलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्नुको साटो सरकारले बल प्रयोग गरिरहेको आरोप पनि उनले लगाए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा