
नेपालको लागि आयात गरिएको खाना पकाउने ग्यासका बुलेट वीरगन्जको सिमावर्ती क्षेत्रमा थन्किएको दृश्य । संविधान र प्रदेश सिमाङ्कनको विरोध गर्दै मधेस केन्द्रित दलका नेता तथा कार्यकर्ताले वीरगन्जको इनर्वास्थित दशगज्जा क्षेत्रमा धर्ना बसेपछि ४८० बुलेट ग्यास २० दिनदेखि सीमाक्षेत्रमा थन्किएको छ । तस्बिर ः विजयकुमार महतो, रासस
रौतहट, १३ असोज । नयाँ संविधानप्रति असहमति दर्शाई आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अबदेखि असहयोग आन्दोलन थाल्ने निर्णय गरेको छ ।
रौतहटको गौरमा आज बसेको मधेसी मोर्चाको बैठकले राज्यलाई कर नतिर्न जनतासँग आह्वान गर्दै असहयोग आन्दोलन थाल्ने निर्णय गरेको हो ।
बैठकपछि सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष मेहन्द्रराय यादवद्वारा जारी संयुक्त विज्ञप्तिमा शान्तिपूर्ण, अहिंसात्मक र असहयोग आन्दोलन अन्र्तगत तराई मधेसमा रहेका सरकारी कार्यालय, कर कार्यालय, वित्तीय संस्थालगायतका राजस्व बुझाउनुपर्ने निकायमा राजस्व नबुझाउने निर्णय गरिएको उल्लेख छ ।
साथै, विज्ञप्तिमा हालै राज्य वा राज्यद्वारा प्रायोजित निकायहरूले बन्द गरेको हिन्दी प्रसारण सेवालाई खुला गर्न पनि माग गरिएको छ ।
उक्त बैठकले तीन प्रमुख दलसँग भएको अनौपचारिक वार्ताको समीक्षा पनि गरेको बताइएको छ ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ