
लन्डन । लामो समयदेखि स्थगित नेपाली जनसम्पर्क समिति, बेलायतको महाधिवेशन आगामी तीन महिनाभित्र गराउन नेपाली कांग्रेस, केन्द्रले निर्देशन दिएको छ । कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले ११ असोज, २०७२ मा पत्र मार्फत नेपाली कांग्रेस, नेपाली जनसम्पर्क समिति समन्वय विभाग सदस्य विज्ञान प्रसाईंलाई एकीकृत समितिको संयोजक तोक्दै उक्त निर्देशन दिएका हुन् । विवादका कारण झण्डै तीन वर्ष यता समितिको अधिवेशन हुन सकेको छैन् । चेतनाथ खनाल र लोक गुरुङले आफैं अध्यक्ष भन्दै समिति बनाए पनि त्यसलाई केन्द्रले मान्यता दिएको थिएन ।
‘अहिलेसम्म वैधानिक कमिटी थिएन, अब पार्टीले दुवै पक्षलाई समेटेर आधिकारीक एउटा कमिटी बनाउन पत्र पठाएको हो’, प्रसाईंले प्रष्ट्याए । अधिवेशनले अहिलेका दुवै कमिटी खारेज गरि नयां एकीकृत समिति बनाउनेछ ।
तिवारीले पत्रमार्फत २६ जुलाई, २०१५ मा विभाजित जनसम्पर्क समितिको एकताका लागि प्रसाईंको अध्यक्षतामा लन्डनमा भएको समितिका दुवै पक्षका जिम्मेवार पदाधिकारीहरुको बैठकले निर्णय गरे बमोजिम प्रसाईंलाई नेपाली जनसम्पर्क समिति, बेलायतको एकीकृत समितिको संयोजक तोकिएको जनाएका छन् ।
पत्रमा पार्टीको संगठनलाई अझ व्यापक, गतिशील र मजवुत गराउन पार्टीसंग सबैको एकता आवश्यक देखिएकाले प्रसाईंलाई पुनः जिम्मेवारी दिइएको उल्लेख छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा