
लन्डन । लामो समयदेखि स्थगित नेपाली जनसम्पर्क समिति, बेलायतको महाधिवेशन आगामी तीन महिनाभित्र गराउन नेपाली कांग्रेस, केन्द्रले निर्देशन दिएको छ । कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले ११ असोज, २०७२ मा पत्र मार्फत नेपाली कांग्रेस, नेपाली जनसम्पर्क समिति समन्वय विभाग सदस्य विज्ञान प्रसाईंलाई एकीकृत समितिको संयोजक तोक्दै उक्त निर्देशन दिएका हुन् । विवादका कारण झण्डै तीन वर्ष यता समितिको अधिवेशन हुन सकेको छैन् । चेतनाथ खनाल र लोक गुरुङले आफैं अध्यक्ष भन्दै समिति बनाए पनि त्यसलाई केन्द्रले मान्यता दिएको थिएन ।
‘अहिलेसम्म वैधानिक कमिटी थिएन, अब पार्टीले दुवै पक्षलाई समेटेर आधिकारीक एउटा कमिटी बनाउन पत्र पठाएको हो’, प्रसाईंले प्रष्ट्याए । अधिवेशनले अहिलेका दुवै कमिटी खारेज गरि नयां एकीकृत समिति बनाउनेछ ।
तिवारीले पत्रमार्फत २६ जुलाई, २०१५ मा विभाजित जनसम्पर्क समितिको एकताका लागि प्रसाईंको अध्यक्षतामा लन्डनमा भएको समितिका दुवै पक्षका जिम्मेवार पदाधिकारीहरुको बैठकले निर्णय गरे बमोजिम प्रसाईंलाई नेपाली जनसम्पर्क समिति, बेलायतको एकीकृत समितिको संयोजक तोकिएको जनाएका छन् ।
पत्रमा पार्टीको संगठनलाई अझ व्यापक, गतिशील र मजवुत गराउन पार्टीसंग सबैको एकता आवश्यक देखिएकाले प्रसाईंलाई पुनः जिम्मेवारी दिइएको उल्लेख छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी