
चितवनको सौराहामा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) द्वारा आयोजित सम्मेलनमा मन्तव्य दिँदै सभामुख सुवास नेम्वाङ । तस्बिर ः नारायण ढुंगाना ,रत्ननगर, चितवन, रासस
रत्ननगर (चितवन), १२ असोज । व्यवस्थपिका–संसद्का सभामुख सुवासचन्द्र नेम्वाङले संविधानको कार्यान्वयनतर्फ लाग्न सबैमा आग्रह गरेका छन् ।
चितवनको सौराहामा आज सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को ११औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा उनले अथक प्रयासपछि आएको नेपालको संविधान २०७२ लाई सफलतापूर्वक कार्यान्वयन गर्नु हामी सबैको कर्तव्य भएको बताए ।
सभामुख नेम्वाङले एउटा चुनौतीलाई संस्थागत नहुँदै अर्काे चुनौती आएको छ, यो चुनौती पार गर्न सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने भन्दै “सामुदायिक रेडियोले सिङ्गो नेपाललाई नै एकताबद्ध पारोस्” भने ।
‘आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सामुदायिक रेडियो’ भन्ने मूल नाराका साथ सङ्घको सम्मेलन यहाँ भएको हो । कार्यक्रममा सभामुख नेम्बाङले नेपालको संविधान इतिहासमै पहिलोपटक जनताले आफ्नो लागि आफैँले बनाएको दाबी गरे ।
उनले संविधानभित्र रहेका र नरहेका तथा आन्दोलनमा रहेका र नरहेका सबैको अथक प्रयास, सङ्घर्षले संविधान बनेको समेत प्रस्ट्याए । “संविधानमा सबैको पसिना सिञ्चित छ, एक÷दुई कुरामा चित्त बुझेन भनेर अस्वीकार गर्नु बुद्धिमानी हुँदैन”– नेम्वाङको धारणा थियो ।
सो क्रममा सभासद् शेषनाथ अधिकारी, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टलगायतले बोलेका थिए ।
कार्यक्रममा सामुदायिक रेडियोमा विद्यावारिधि गर्नुभएकामा पत्रकार सुरेश आचार्य र सामुदायिक रेडियो विश्व सङ्घ (अमार्क) को सहअध्यक्षमा चयन हुनुभएका मीनबहादुर शाहीलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
सम्मेलनमा सामुदायिक रेडियोका करिब २०० प्रतिनिधिको सहभागिता छ । आज सकिने सम्मेलनले सामुदायिक रेडियोको भावी कार्यदिशा तय गर्ने अकोरावका महासचिव गोविन्द देवकोटाले बताए ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल