काठमाडौँ, १२ असोज । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारत सिमानामा देखिएको समस्या अनपेक्षित भएको र छिटै समाधान हुने बताएका छन् ।
रिपोटर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा राजदूत उपाध्यायले घटनाका सम्बन्धमा आफूले कूटनीतिकस्तरमा नयाँ दिल्लीमा उच्च अधिकारीसँग छलफल गरेको बताए ।
अनपेक्षित रूपमा सिमानामा उत्पन्न समस्याका कारण नेपाली जनताले दुःख पाएको उल्लेख गर्दै उनले संयुक्त राष्ट्र सङ्घ महासभामा भाग लिन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्केपछि समस्या समाधान हुने अपेक्षा व्यक्त गरे ।
भारतले सदैव नेपालमा दिगो शान्ति, स्थिरता र लोकतन्त्र चाहेको आफूले पाएको जानकारी गराउँदै राजदूत उपाध्यायले भारतका जनतामा नेपालीप्रति ठूलो सद्भाव रहेको पनि बताए ।
उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा आधिकारिक धारणा नयाँ दिल्लीमा अवगत गराइसकेको जानकारी समेत गराए ।
उनले भने, “सबै समस्याका समाधान वार्ताद्वारा नै हुन्छ, मेरो प्रयासपछि सरकार र असन्तुष्ट पक्षबीच वार्ताको सुरुवात भएको छ ।” नेपालले आफ्नो परराष्ट्र नीतिका बारेमा स्पष्ट पार्नुपर्ने बताउँदै उहाँले भारतले नेपालको संविधान निर्माणमा अघि सारेको भनिएका सात सर्त आधिकारिक नभएको स्पष्ट पारे ।
सबैले संयम र धैर्यता अपनाउनुपर्ने उल्लेख गर्दै उनले सञ्चार माध्यमले पनि सकारात्मक सन्देश फैलाउन सहयोग गर्नुपर्ने धारणा राखे ।
भारतीय प्रधानमन्त्री मोदीको अन्तिम विज्ञप्ति नआएसम्म केही भन्न नमिल्ने बताउदै उनले सीमामा देखिएको अहिलेको अवस्थालाई नाकाबन्दी भन्न नमिल्ने बताए । भारतीय पक्षले सुरक्षाका कारण देखाएर सामान आउन रोक लगाएको बताउदै उनले भने, “सीमाको सुरक्षा सरकारले लिनुपर्छ र लिएको छ ।”
उनले सुरक्षाका सम्बन्धमा आफूले भारतमा प्रष्टताका साथ कुरा राखेको तर व्यवहारमा नदेखिएको बताउँदै सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताए ।
सीमामा देखिएको समस्याले दुबै मुलुकलाई फाइदा नभएको बताउँदै उनले समाधानका लागि सहजीकरणको आवश्यकता रहेकामा जोड दिए ।
संविधानमा भएका लोकतान्त्रिक व्यवस्थाका बारेमा विश्व जगत र नेपालको पनि ग्रामीणस्तरमा सन्देश पुरयाउनुपर्ने उनको धारणा थियो ।
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा