
विराटनगर, ९ असोज । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको वातावरण बनाउन सरकारले नै ठोस पहल गर्नुपर्ने बताएका छन् ।
आज यहाँ आफनो निवासमा आयोजित पत्रकार भेटघाटमा उहाँले राजनीतिक मुद्दाको समाधान राजनीतिक प्रक्रियाबाट नै हुने भएकाले वार्ताको वातावरण बनाउनका लागि सेना र सशस्त्र प्रहरी ब्यारेकमा फिर्ता हुनुपर्ने माग दोहोरयाए ।
एकपक्षीय संविधान कदापि स्वीकार नहुने उल्लेख गर्दै उनले भने – “विगतमा मधेसी, आदिवासी जनजाति, महिला र दलितलगायतसँग गरिएका सम्झौतालाई कार्यान्वयन गर्ने कि नगर्ने विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ ।”
संविधान संशोधनका लागि चर्चामा रहेको सात बुँदे माग संयुक्त मधेसी मोर्चाको नरहेको स्पष्ट पार्दै उनले भने – “वार्तामा माग प्रस्तुत गर्ने गरिन्छ, अहिलेसम्म सरकारसँग कुनै वार्ता नभएको अवस्थामा यो माग कहाँबाट आएको हो यस सम्बन्धमा आफूलाई जानकारी छैन ।”
पत्रकारको जिज्ञासामा अध्यक्ष यादवले अनौपचारिक रुपमा धेरैसँग वार्ता भएको जानकारी गराउँदै सरकार ठोस रुपमा प्रस्तुत भएमा दुई चार दिनमा वार्ता हुनसक्ने सङ्केत गरे ।
वार्ताको स्थलका लागि अडान नलिएको भन्दै उनले काठमाडौँलगायत मुलुकको जुनसुकै स्थानमा वार्ताका लागि आफूहरु तयार रहेको प्रष्ट पारे ।
उनले नेपालको आन्तरिक समस्यालाई नेपालीले नै समाधान गर्नुपर्ने उल्लेख गर्दै छिमेकी राष्ट्रले दिएको सुझाव, सल्लाहलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा प्रकट गरे । उनले चीन र भारतको झन्डा जलाउनु र भारतीय नेताको पुतला जलाउने जस्ता कार्य निन्दनीय रहेको बताए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो