लण्डन । संविधानसभाबाट नयां संविधान जारी भएको खुशीयालीमा युकेको रेडिंगमा बसोबासरत नेपालीहरुले दीपावली गरेका छन् ।
नेपालमा राष्ट्रपति रामवरण यादवबाट संविधान जारी हुंदै गर्दा रेडिंगका नेपालीहरु भने हर्ष बढाइं गर्न कम्बरल्याण्ड रोडस्थित वेयरहाउसमा जम्मा भएका थिए ।
हाइली स्किल्ड माइग्रेन्ट फोरम रेडिंगको आयोजनामा भएको सो कार्यक्रममा वक्ताहरुले गैरआवासीय नेपालीहरुलाई नागरिकताको निरन्तरताको प्रावधान राखिदिएकोमा स्वागत गरेका थिए ।
पूर्व न्यायाधीश नवराज उपाध्याय, अधिवक्ता प्रेम गुरुंगले नयां संविधान भारत र अमेरिकाको संविधानको दांजोमा बढी प्रजातान्त्रिक, समावेशी र लचिलो भएको बताएका थिए ।
फोरमका अध्यक्ष नविन आचार्यले संविधानका बारेमा बोलेका थिए भने कृष्ण न्यौपाने र प्रतिमा केसीले कविता वाचन गरेका थिए । कार्यक्रमको संचालन रमेश कायस्थले गरेका थिए ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल