लन्डन । ४ अक्टोबर, २०१५ मा हुन गइरहेको फिट फर रन एन्ड फन (रसमुर टेन के च्यारिटी रन) मा ५ सय जना सहभागी गराउने लक्ष्य लिइएको छ । अन्तिम तयारी बैठकका क्रममा ग्रेटर रसमुर नेपलिज कम्युनिटी (जीआरएनसी) ले उक्त कुरा जनाएको हो । दौड्नका लागि हालसम्म ३ सय ५३ जनाले नाम दर्ता गराइसकेका छन् । उक्त च्यारिटी दौड ब्ल्याक वाटर भ्याली रनर्स, रसमोर बरो काउन्सिल, जीआरएनसी र नयां युवाको संयुक्त प्रयासमा हुन लागेको जीआरएनसीका वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेले जनाए ।
बिहान १० बजे सुरु हुने उक्त रुनको उद्घाटन महिलातर्फकी ओलम्पिक रनर च्यापियन स्टेफ टोयलले गर्नेछिन् ।
जीआरएनसी अध्यक्ष ओमप्रसाद थापाको अध्यक्षतामा सम्पन्न तयारी बैठकमा उपाध्यक्ष रामधन राईले सबैलाई स्वागत गरेका थिए भने काउन्सिल समन्वयकर्ता एवं उल्लेखित रनका संयोजक नेम थापाले पावर पोइन्ट मार्फत हालसम्मको तयारीबारे जनाए ।
बैठकमा सल्लाहकार खिम गौचनले दौडिने क्रममा आउन सक्ने सम्भावित खतरा बारे बताए ।
सोही क्रममा अध्यक्ष ओम थापा र महासचिव रन्जिता मल्लले जीआरएनसीले हालसम्म गरेका कामको फेहरिस्त र उपलब्धिबारे प्रकाश पारेका थिए ।
बैठकमा हालै रसमुर एरियाबाट एनआरएनए यूकेमा निर्वाचित व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम अनुरुप अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्षद्वय हिराधन राई र शान्ति थापा एवं सदस्य मिलन गुरुङलाई अध्यक्ष ओम थापाले खादा ओढाई सम्मान गरे । सम्मानका लागि निम्त्याइए पनि आइसीसी सदस्य सुस्मा राई भने स्वास्थ्यका कारण एवं अर्की उपाध्यक्ष कुमारी गुरुङ कार्यव्यस्ताले अनुपस्थित रहे ।
नेपाली र स्थानीय समुदायलाई एक ठाउंमा ल्याई आपसी सद्भाव र सम्वन्ध अभिवृद्धि गर्ने उद्देश्यका साथ गर्न लागिएको उक्त दौडमा १८ देखि ६४ वर्ष सम्मकाले सहभागी हुन सक्ने र दर्ता शुल्क आठ पाउण्ड लाग्ने जीआरएनसीले जनाएको छ ।
उक्त दौडको तयारी बैठक पूर्व रसमुर बरो काउन्सिलका कम्युनिटी डेभलप्मेन्ट अफिसर लुइस वेबरको आमन्त्रणमा जीआरएनसीका वरिष्ठ उपाध्यक्ष जीव बेल्बासे, महासचिव रन्जिता मल्ल, काउन्सिल समन्वयकर्ता
नेम थापा र रसमुर बरो काउन्सिलका कर्मचारी शिला लिम्बु समेतको बैठक बसेको थियो । बैठकमा यस पूर्व रसमुर बरो काउन्सिलसंग भएका बैठकको समिक्षा गर्दै नव आगन्तुक एवं स्थायी रुपमा बसिसकेका वृद्धवृद्दा नेपालीहरुलाई आफ्नो दैनिक जीवनमा आइपर्ने कठिनाई, त्यसको समाधानको उपाय एवं सम्पर्क बिन्दु विषयमा सुसुचित गर्न सकियोस् भन्ने उद्देश्यले बढिमा दशजनासम्म जीआरएनसी एवं अरु कम्युनिटीका प्रतिनिधिहरुलाई
रसमुर बरो काउन्सिलले एकदिने अनुशिक्षण तालिम दिने सहमति गरेको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल