लन्डन । बेलायतमा अचेल राष्टिय स्तरका नेपाली कलाकारहरुको आवतजावत अत्यधिक बढेको छ । अझ चाडपर्वका बेला यो क्रम अरु आकासिन्छ । तर, दुर्भाग्यवश लन्डनको साउथ इष्टतिर भने कमै कलाकार र आयोजकको ध्यान पुग्छ ।
नेपालीहरु अत्यधिक बसोवास गर्ने क्षेत्रमा नेपाली कार्यक्रमको अभावलाई मध्यनजर गर्दै स्थानीय युवाहरुको एउटा जमातले गोधुली इन्टरटेनमेन्ट संस्था गठन गरेको छ, जसको लक्ष्य नेपाली सांस्कृतिक कार्यक्रम निरन्तर गर्ने छ ।
गोधुली इन्टरटेनमेन्टले आफ्नो पहिलो कार्यक्रम दशैं शुभकामना गर्ने भएको छ आगामी २१ सेप्टेम्बर सांझ । वुलवीचस्थित न्यू वाइन चर्चमा हुने तय भएको उक्त कार्यक्रममा प्रमुख आकर्षक हुनेछन् लोकगायक मिलन लामा । स्थानीय गायकहरु विवेक श्रेष्ठ र गंगा थापाको समेत साथ हुनेछ कार्यक्रममा । कार्यक्रममा आकर्षक नृत्य समेत समावेश हुने आयोजकले जनाएका छन् ।
गोधुली इन्टरटेनमेन्टले साउथ इष्टवासी नेपाली सबैलाई शुभकामना सांझमा निमन्त्रणा गर्दै दशैं रमाइलोसंग मनाउन अपिल गरेको छ ।
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस