लण्डन । नेपालमा संविधानसभामार्फत राष्ट्रपति डा. रामवरण यादवले नयां संविधानको घोषणा गर्दै गर्दा लण्डनको मुटु ट्राफलगर स्क्वाएरमा भने एक समूहले संविधान च्यात्दै जलाउंदै थियो ।
नयां संविधानमा पहिचानको पांच र सामर्थ्यकाे चार आधारमा राज्यको पुनसंरचना नभएको, आदिवासी जनजातिको बाहुल्यता र पहिचान गाँसिएका क्षेत्रहरुलाई भूमाफियाले जस्तो गरी क्लष्टर छुट्याएर भाग लगाइएको आरोप लगाउंदै संविधान जलाइएको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य भगवान चाम्लिंगले बताए ।
भूपू गोरखाका सन्तानहरुलाई दोहोरो नागरिकताको व्यवस्था संविधानमा नगरिएको, धर्म निरपेक्षताको गलत व्याख्या गरिएकोले संविधान च्यात्नु परेकाे चाम्लिंगले थपे ।
कार्यक्रमको आयोजना फोरमको युकेस्थित भातृ संस्था संघीय समाज युके, नेपाल आदिवासी जनजाति महासंघ युके र राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन हिमालयन अर्गनाइजेसनले संयुक्त रुपमा गरेका थिए ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो