लन्डन । अन्तर्राष्ट्रिय वाङ्मय प्रतिष्ठान, बेलायतले वैरागी काईंलासहित वरिष्ठ नेपाली साहित्यकारहरुसंग लन्डनमा अन्तरक्रिया गर्ने भएको छ ।
प्रतिष्ठानले अक्टोबर ११ का दिन लन्डनस्थित ब्लु अर्किड रेष्टुरेन्टमा ‘डायष्पोरामा आयामेली सन्दर्भ, आख्यानको विमर्श तथा साहित्य र पत्रकारिताको अन्तर सम्बन्ध’ विषयक अन्तरक्रिया गर्न लागेको हो ।
उक्त साहित्यिक कार्यक्रम बैरागी काईंलाका साथै साहित्यकार एवं पूर्वमन्त्री बलदेव मजगैंया, साहित्यकार राजन मुकारुङ, साहित्यकार वियोगी बुढाथोकी, साहित्यकार तथा पत्रकार राजकुमार दिक्पालको विशेष आतिथ्यमा हुने प्रतिष्ठानकी महासचिव जयालक्ष्मी राईले बताइन् ।
नेपाली साहित्यमा ‘आयामेली आन्दोलन’ (२०२०) इन्द्रबहादुर राई, ईश्वर बल्लभ र बैरागी काईंलाबाट प्रारम्भ भएको थियो । आयामेली आन्दोलनले पारम्परिक सिर्जनालाई चेप्टो साहित्य भन्दै विषयवस्तु, शिल्प–संरचना र भाषाशैलीमा नयांपन खोजेको पाइन्छ ।
दार्जिलिङबाट शुरु भएको यो आन्दोलन नेपाली साहित्यमा धेरै प्रभाव छ ।
वैरागी काईंला आयामेली आन्दोलन मार्फत साहित्य क्षेत्रमा नयां युगको शुरुवात
गर्ने साहित्यकारको रूपमा चिनिन्छन् । उनी थोरै कविता लेखेर धेरै चर्चित प्राज्ञमा समेत दरिन्छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’