नेकपा–माओवादीको मागअनुसार प्रमुख दलहरु गोलमेच सम्मेलन गर्न सहमत भएपनि कहिले गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ बसेको बैठकमा नेकपा–माओवादीको मागअनुसार राष्ट्रिय राजनीतिक सम्मेलन गर्न कांग्रेस एमाले तयार भएपनि मिति तोक्न असफल भए । दोस्रो पटकको संविधान लेखन प्रक्रिया नै बहिस्कार गरेको नेकपा-माओवादीले संविधानका अन्तर्वस्तुमा सहभागी खोज्न सम्मेलन गर्नुपर्ने माग गर्दै आएको छ ।
सत्तारुढ दलहरु कांग्रेस र एमाले भदौको २६ वा २७ मा सम्मेलन गर्ने
पक्षमा रहेका छन् भने नेकपा–माओवादीले असोज ४ गतेको मिति प्रस्ताव गरेको छ । एकीकृत माओवादीले पनि यसमा समर्थन जनाएको छ । एमालेका केन्द्रीय सदस्य अग्नी खरेलले सम्मेलन ढिलो गरेर संविधान निर्माणका लागि तय गरेको समयसीमा प्रभावित गर्नु नहुने तर्क गर्छन ।
‘संविधानसभाभित्र छलफल भैरहँदा बाहिर सहमति खोज्ने प्रयास बढी सान्दर्भिक हुन्छ,’ खरेलले भने, ‘ढिलो गरेर संविधानको तालिकालाई प्रभावित बनाउनु पर्ने काम गर्नु हुन्न ।’ शनिबारभित्र दलहरुबीच प्रमुख विषयमा सहमति नभए संविधानसभाको पूर्ण बैठकमा लगेर प्रक्रियाअनुसार पारित गर्ने दलहरुबीच सहमति भएको छ ।
विधि, प्रक्रिया र सहभागीताको बारेमा आवश्यक तयारी गर्न चार दलका २–२ सदस्य राखेर कार्यदल समेत गठन गरेको छ । कार्यदलमा कांग्रेसबाट महामन्त्री कृष्ण सिटौला, नरहरी आचार्य, एमालेबाट भीम रावल र अग्नी खरेल, एकीकृत माओवादीबाट महासचिव कृष्णबहादुर महरा र खिमलाल देवकोटा र नेकपा–माओवादीबाट सचिव देव गुरुङ र प्रवक्ता पम्फा भुसाल छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा