लन्डन । बेलायतमा सक्रिय समाजसेवी दुई महिला लक्ष्मी राई (लारा) र बबी लामा नेतृत्वको संस्थाले शुक्रबार सांझ लन्डन ह्यारो बरो फुटबल क्लवमा एक च्यारिटी कार्यक्रम गरेको छ । कार्यक्रमको उद्देश्य भूकम्पबाट क्षतविक्षत केही घर बनाइदिने थियो । लारा आवद्ध जुनकिरी इनिसियटिभ्स् र बबीको मिसन टु हेल्प नेपालले ‘होम्स् फर ह्यूम्यानिटी’ प्रोजेक्टका लागि च्यारिटी गरेको हो । वसन्त चौधरी फाउण्डेशनको समन्वयमा उक्त प्रोजेक्टले सिन्धुपाल्चोकमा २५ परिवारका लागि इको फ्रेण्ड्ली र सोलार प्यानलसहितको पक्की घर बनाइदिने योजना सारेको छ । कार्यक्रमकै लागि नेपालबाट आइपुगेका थिए वसन्त चौधरी फाउण्डेशनका अध्यक्ष, उद्योगपति एवं कवि वसन्तकुमार चौधरी ।
डेढ घण्टा भन्दा लामो नरहेको उक्त कार्यक्रममा पत्यारलाग्दो भाषण थिएन । मन्तव्यका क्रममा प्रमुख अतिथी वसन्तकुमार चौधरीले नेपालमा पुनर्निर्माण र पुर्नस्थापना आवश्यक रहेको जनाउंदै बेलायतवासी नेपालीबाट सहयोगको अपेक्षा गरे । उनले नेपालको घाउमा मल्हम लगाउन बेलायतवासी नेपालीको हात र हेरचाह चाहिएको पनि बताए । उनी भूकम्प पीडितका लागि यहांका नेपालीको तत्काल सहयोगप्रति आभारी थिए । चौधरी अध्यक्ष रहेको वसन्त चौधरी फाउण्डेशनले भूकम्प लगत्तै नेपाल सरकारमार्फत एक लाख २५ हजार प्याकेट इनर्जीयुक्त बिस्कुट, प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयां र नर्भिक अस्पतालमार्फत विरामीहरुलाई निशुल्क उपचार व्यवस्था मिलाइदिएको थियो । चौधरीकै पहलमा मोरक्को सरकारले भूकम्प पीडितलाई दश लाख डलर प्रदान गरेको छ ।
श्रद्धा गुरुङ र लेक्स लिम्बुले सञ्चालन गरेको पहिलो सत्रको कार्यक्रममा विशेष अतिथी नवनियुक्त एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले लारा र बबी लामाको पहल सरहानीय रहेको बताउंदै उनीहरुको प्रोजेक्टमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नेपालमा विनाशकारी भूकम्प आउंदा बेलायतवासी नेपाली समेत धेरै रात निदाउन नसकेको स्मरण गरेका थिए ।
कार्यक्रमको दोश्रो सत्रमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतको महासचिव समेत रहेकी लाराद्वारा लिखित कविता संग्रह ‘लाराका कविता’ विमोचन गरियो । उक्त संग्रह प्रमुख अतिथी चौधरी, विशेष अतिथी गुरुङ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतका अध्यक्ष डा. रुपक श्रेष्ठ, मिसन टु हेल्प नेपालकी अध्यक्ष बबी लामा लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
संग्रह प्रकाशकका तर्फबाट लुनकरण दास एण्ड गंगा देवी चौधरीका अध्यक्ष वसन्त चौधरीले बेलायतमा नेपाली साहित्यलाई ज्यंूदो राख्न नेपाली साहित्यकारहरुको अथक प्रयासप्रति धन्यवाद दिए । उनले लाराको कवितामा सार्वजनिक पीडा, नारी मन, परिस्थिति र दुःख समावेश भएको पनि उल्लेख गरे । डा. श्रेष्ठले लारा समाजसेवी मात्र नरहेर एक उत्कृष्ट कवयित्री समेत भएको प्रमाणित संग्रहले गरेको टिप्पणी गरे । उक्त सत्र शशी थापा सुब्बाले सञ्चालन गरेकी थिइन् ।
उक्त अवसरमा विमला सेनेलाई ‘वुमन इन्सपायरिङ वुमन’ अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा मिसन टु हेल्प नेपालकी अध्यक्ष लामाले धन्यवाद दिएकी थिइन् । कार्यक्रममा फाउण्डेशन फर इन्डियन परफर्मिङ आर्टस् (फिपा) की भाग्य लक्ष्मीले शास्त्रीय नृत्य प्रस्तुत गरिन् भने शर्मिला बर्देवा र सपन कुमार राईले ‘जहां छन् वुद्धका आंखा…’ गाए । विशाल रेग्मी र गंगा थापासहित विदेशी वाद्यवादक संलग्न नाम्लो ब्याण्डले पनि विभिन्न संगीत प्रस्तुत गरेका थिए ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग