
लन्डन । मिस्टर नेपाल सानु गुरुङ लन्डनमा सम्मानित भएका छन् । लन्डनस्थित नेपाली दूतावासमा बिहिबार सांझ आयोजित एक कार्यक्रममा एनआरएनए यूकेका तर्फबाट उनलाई सम्मान गरिएको हो ।
एनआरएनए यूकेका नवनिर्वाचित युवा संयोजक हरि आचार्यको विशेष सक्रियतामा एनआरएनए यूकेले गुरुङलाई सम्मान गरेको हो ।
एनआरएनए आइसीसी अध्यक्ष शेष घले, कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ र युवा संयोजक आचार्यले मिस्टर नेपाल गुरुङलाई सम्मानपत्र प्रदान गरे ।
गुरुङको सम्मान कार्यक्रमका लागि एनआरएनए यूकेमा सक्रिय युवाहरु ह्यारी गुरुङ, जिवन सेन, जिवन अधिकारी, बीरेन खड्का, राजेन्द्र गुरुङलगायतले पहल गरेका थिए ।
दुई पटकसम्मको मिस्टर नेपाल उपाधि विजेता गुरुङ केही महिनायता बेलायतमा छन् । यूके नेपाल बडी बिल्डिङ प्रतियोगितामा निर्णायक तथा प्रशिक्षकको भूमिकाका लागि उनी बेलायत आएका हुन् ।
अर्को साता फर्किने गुरुङलाई यसअघि पनि बेलायतस्थित विभिन्न संघसंस्थाले विदाई तथा सम्मान गरिसकेका छन् ।
तस्बिर ः शिव भण्डारी
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा