
लन्डन । मिस्टर नेपाल सानु गुरुङ लन्डनमा सम्मानित भएका छन् । लन्डनस्थित नेपाली दूतावासमा बिहिबार सांझ आयोजित एक कार्यक्रममा एनआरएनए यूकेका तर्फबाट उनलाई सम्मान गरिएको हो ।
एनआरएनए यूकेका नवनिर्वाचित युवा संयोजक हरि आचार्यको विशेष सक्रियतामा एनआरएनए यूकेले गुरुङलाई सम्मान गरेको हो ।
एनआरएनए आइसीसी अध्यक्ष शेष घले, कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ र युवा संयोजक आचार्यले मिस्टर नेपाल गुरुङलाई सम्मानपत्र प्रदान गरे ।
गुरुङको सम्मान कार्यक्रमका लागि एनआरएनए यूकेमा सक्रिय युवाहरु ह्यारी गुरुङ, जिवन सेन, जिवन अधिकारी, बीरेन खड्का, राजेन्द्र गुरुङलगायतले पहल गरेका थिए ।
दुई पटकसम्मको मिस्टर नेपाल उपाधि विजेता गुरुङ केही महिनायता बेलायतमा छन् । यूके नेपाल बडी बिल्डिङ प्रतियोगितामा निर्णायक तथा प्रशिक्षकको भूमिकाका लागि उनी बेलायत आएका हुन् ।
अर्को साता फर्किने गुरुङलाई यसअघि पनि बेलायतस्थित विभिन्न संघसंस्थाले विदाई तथा सम्मान गरिसकेका छन् ।
तस्बिर ः शिव भण्डारी
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते