लन्डन । यही सेप्टेम्बर तथा अक्टोबर महिनामा ह्यारो, अल्डरशट तथा फार्नबरोमा हुन लागेको देउराली साँझ २०१५ मा भाग लिन चर्चित गायकहरु कृष्ण गुरुङ, रेवत राई र मेलिना राई लण्डन आइपुगेका छन् ।
नेपालका भूकम्पपीडित तथा ब्रिटिश च्यारिटी क्यान्सर रिसर्च युकेको सहयोगार्थ बर्न्टओक नेपाली समाजले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । अर्की कलाकार नीता गुरुङ शुक्रबार लण्डन आइपुग्ने बताइएको छ ।
नेपालमा तीन पटक स्वर्ण पदक जितिसकेका कृष्ण गुरुङ वरिष्ठ लोक गायक हुन् भने खोटाङका रेवत राई फर्स्ट रनर अप हुन्। विसं २०६५ मा रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय प्रतियोगिताकी विजेता मेलिना राईले “डाँडै काटी जाने भए काटी जाउ मायालु…” लगायत थुप्रै लोकप्रिय गीत गाएकी छिन्। त्यस्तै लोक गायिका नीता गुरुङ नायिका पनि हुन् ।
यसबाहेक विभिन्न कलाकारले नेपाली नृत्य र अतिथि कलाकारहरुले साल्सा तथा बेली डान्स प्रस्तुत गर्ने आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रम १९ सेप्टेम्बर शनिबार ह्यारो लेजर सेन्टर ह्यारो, २६ सेप्टेम्बर शनिबार प्रिन्सेस हल अल्डरशट र ३ अक्टोबर शनिबार एससिएसएससी ओकफार्म, फार्नबरोमा हुंदैछ ।
“आफूलाई पायक पर्ने स्थानमा सपरिवार उपस्थित भएर भव्यताका साथ कार्यक्रम सफल पारीदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौ,” सांगीतिक साँझका आयोजकमध्ये एक रत्न गुरुङले भने । विदेशमा बसेर पनि नेपाली संगीत र कलाको प्रवर्द्धनमा सघाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको उनले जनाए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा