लन्डन । साउथ ईस्ट लन्डनको पशुपतिनाथ मन्दिरको आयोजनामा नेपाली महिलाहरुको बिशेष पर्व तीज भब्य रुपमा सम्पन्न भएको छ । एसियन कम्युनिटी हल प्लमस्टीडमा सम्पन्न तीज कार्यक्रममा प्रतिकुल मौसमको बावजुत पनि स्थानीय महिलाहरु उल्लासमय रुपमा सहभागी भए । रातै साडीमा सजिएका महिलाहरु समूहगत नाच गानमा रमाएका थिए ।
मन्दिरको पूजा कक्षको प्रस्तिस्थापन सहित पण्डित निलहरी घिमिरे तथा बिनोद पन्थीले सचालन गरेको तीज बिशेष पूजामा महिलाहरु भक्तिपूर्वक आराधना गरेका थिए । सामूहिक आरति तथा बिसर्जन पूर्व तीज पर्वको महिमा माथि प्रवचन गरिएको थियो ।
मन्दिर समितिका अध्यक्ष बालजंग आर्यालले महिला विशेष पर्वको लागी मन्दिरले कार्यक्रम आयोजना गर्न पाउनु खुशीको कुरा रहेको बताए । कार्यक्रममा करिब सात सय महिला सहभागी भएको जानकारी कार्यक्रम संयोजक सहदेब गिरीले दिएका छन् । कार्यक्रमको लागी मन्दिर समितिका पदाधिकारी तथा ट्रस्टिहरु लगायत पुरुषहरु व्यवस्थापनमा सक्रिय देखिन्थे ।
यसैगरी तीज पर्व संगै जोडिएको महिलाहरुले बस्ने पंचमी ब्रतको अवसरमा समेत मन्दिरमा बिशेष पूजाआजा आयोजना गरिएको जानकारी आयोजक मध्येकै सरिता पौडेलले दिएकी छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते