लन्डन । बेलायतले नेपालको संविधानसभामा जारी संविधान निर्माण प्रक्रियाको समर्थन गरेको छ । भारत र अमेरिकाको स्वागत तथा समर्थनपछि बेलायतले नयाँ संविधान जारी प्रक्रियालाई आफूले नजिकबाट नियालिरहेको भन्दै समर्थन ब्यक्त गरेको हो । संविधान जारीको अन्तिम चरणको प्रक्रियालाई हेरिरहेको पनि बेलायत सरकारले उल्लेख गरेको छ ।
‘नयाँ संविधान समावेशी, समानता, अधिकतम सहमति र मानव अधिकारका लागि अन्तर्राष्ट्रिय स्तरको हुनेमा हामी विश्वस्त छौ । यो दिगो शान्ति र विकासको जग निर्धारण गर्नेतर्फ उन्मुख हुनेछ ,’ एसिया हेर्ने बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायरलाई उधृत गर्दै बिज्ञप्तिमा जनाइएको छ । विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा अघि बढेको मुलुक नेपालले दिगो शान्ति र विकासलाई संगै लैजाने विश्वास बेलायतले व्यक्त गरेको छ ।
बेलायतले नेपालमा देखिएका समस्या सार्थक वार्ताका माध्यमबाट समाधान गर्नसमेत अग्रह गरेको छ । शान्तिपूर्ण, गैरहिंस्रक माध्यमबाट अघि बढ्न राज्य र आन्दोलनरत पक्षलाई बेलायतले आग्रह गरेको छ । नेपाल र बेलायतबीच कूटनीतिक सम्वन्ध स्थापनाको दुईसय बर्ष गाँठ मनाइरहंदा बेलायत नेपालको विकास प्रक्रियामा सहयोग गर्ने प्रमुख दातृ मुलुक पनि हो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते