लन्डन । ब्रिटिश मल्टिनेशनल कफी हाउस कम्पनी ‘कोस्टा’ को हिथ्रो विमानस्थल टर्मिनल टु आउटलेटमा काम गर्ने एकजना नेपाली प्रतिक श्रेष्ठ ‘बरिस्ता अफ दि इयर’ भएका छन् । २० वर्षीय श्रेष्ठले लन्डन क्षेत्रबाट उक्त उपाधि जितेका हुन् । गत वर्षदेखिमात्र कोस्टामा काम गर्न थालेका श्रेष्ठले विभिन्न भेराइटीका कफी मात्र होइन, आफ्नै बेग्लै पेय पदार्थ बनाउने सिपले उक्त सफलता हात पारेका हुन् ।
चकलेट, क्यारामेल र भुटेको हेजल नट (सुपारी) को समिश्रणबाट उनले बनाउने पेय पदार्थले ग्राहक मन जितेको हो ।
श्रेष्ठले कफीले आफ्नो जीवनमै परिवर्तन ल्याइदिएकामा दंग छन् । उनले यो सफलताले प्रगतिका अरु ढोका खोलिदिएको अनुभूति समेत गरेका छन् । आगामी २० जनवरी, २०१६ मा टोब्याको डक लन्डनमा हुने च्याम्पियनसीप फाइनलमा कम्पनीको अन्तर्राष्ट्रिय अवार्ड जित्ने विश्वास समेत उनको छ ।
कोस्टा स्टारबक्सपछि विश्वकै दोश्रो ठूलो अन्तर्राष्ट्रिय कफी चेन हो । गत मे २०१४ सम्म बेलायतमा यसका एकहजार ७ सय ५५ आउटलेट, ३५ सय कोस्टा एक्सप्रेस भेन्डिङ सेवा र विश्वका ३० मुलुकमा एघार सय ६ वटा स्टोर छन् ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा