लन्डन । ब्रिटिश मल्टिनेशनल कफी हाउस कम्पनी ‘कोस्टा’ को हिथ्रो विमानस्थल टर्मिनल टु आउटलेटमा काम गर्ने एकजना नेपाली प्रतिक श्रेष्ठ ‘बरिस्ता अफ दि इयर’ भएका छन् । २० वर्षीय श्रेष्ठले लन्डन क्षेत्रबाट उक्त उपाधि जितेका हुन् । गत वर्षदेखिमात्र कोस्टामा काम गर्न थालेका श्रेष्ठले विभिन्न भेराइटीका कफी मात्र होइन, आफ्नै बेग्लै पेय पदार्थ बनाउने सिपले उक्त सफलता हात पारेका हुन् ।
चकलेट, क्यारामेल र भुटेको हेजल नट (सुपारी) को समिश्रणबाट उनले बनाउने पेय पदार्थले ग्राहक मन जितेको हो ।
श्रेष्ठले कफीले आफ्नो जीवनमै परिवर्तन ल्याइदिएकामा दंग छन् । उनले यो सफलताले प्रगतिका अरु ढोका खोलिदिएको अनुभूति समेत गरेका छन् । आगामी २० जनवरी, २०१६ मा टोब्याको डक लन्डनमा हुने च्याम्पियनसीप फाइनलमा कम्पनीको अन्तर्राष्ट्रिय अवार्ड जित्ने विश्वास समेत उनको छ ।
कोस्टा स्टारबक्सपछि विश्वकै दोश्रो ठूलो अन्तर्राष्ट्रिय कफी चेन हो । गत मे २०१४ सम्म बेलायतमा यसका एकहजार ७ सय ५५ आउटलेट, ३५ सय कोस्टा एक्सप्रेस भेन्डिङ सेवा र विश्वका ३० मुलुकमा एघार सय ६ वटा स्टोर छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित