लन्डन । हेल्प नेपाल नेटवर्क यूकेले गत २८ जुनमा रोयल अल्बर्ट हलमा आयोजित कन्सर्टबाट संकलित रकममध्ये करिब ४० लाख रुपैयां नेपाल पठाउने भएको छ । नेटवर्कले २५ हजार २०६ पाउण्ड (करिब ४० लाख रुपैयां) गोरखा जिल्लामा भूकम्पबाट क्षतिग्रस्त दुई विद्यालयको पुनर्निर्माणका लागि पठाइने जनाएको छ ।
हेल्प नेपाल नेटवर्क यूकेका कोषाध्यक्ष सचिन श्रेष्ठले उक्त कन्सर्टको टिकट विक्रीबाट ९० हजार तीनसय ८० पाउण्ड उठेको र हलभाडा, कलाकारहरुको आवतजावत खर्च लगायतमा ६५ हजार एकसय ७४ पाउण्ड खर्च भएको जनाए । श्रेष्ठले हेल्प नेपाल नेटवर्क काठमाण्डौंसंग समन्वय गरि गोरखाका दुईवटा विद्यालयमा रकम पठाइने उल्लेख गर्दै सहयोगका लागि प्राप्त आवेदनहरुमध्येबाट दुई विद्यालय छान्ने काम भइरहेको बताए ।
भूकम्प पीडितहरुको सहयोगार्थ लन्डनस्थित रोयल अल्बर्ट हलमा भएको पहिलो नेपाली कन्सर्टमा वरिष्ठ कलाकारहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दिपक थापामगर, जेम्स् प्रधान, सुजिल कर्माचार्य, तृष्णा गुरुंग लगायत सहभागी थिए ।
हेल्प नेपाल नेटवर्क यूकेका उपाध्यक्ष एवं उक्त कन्सर्टका संयोजक प्रसिद्ध प्रधानले कन्सर्टका लागि नेपालबाट आएका समस्त कलाकार, वाद्यवादक, दर्शक, प्रायोजक, स्वयंसेवी लगायत सबै सहयोगीप्रति आभार व्यक्त गरेका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा