लन्डन । हेल्प नेपाल नेटवर्क यूकेले गत २८ जुनमा रोयल अल्बर्ट हलमा आयोजित कन्सर्टबाट संकलित रकममध्ये करिब ४० लाख रुपैयां नेपाल पठाउने भएको छ । नेटवर्कले २५ हजार २०६ पाउण्ड (करिब ४० लाख रुपैयां) गोरखा जिल्लामा भूकम्पबाट क्षतिग्रस्त दुई विद्यालयको पुनर्निर्माणका लागि पठाइने जनाएको छ ।
हेल्प नेपाल नेटवर्क यूकेका कोषाध्यक्ष सचिन श्रेष्ठले उक्त कन्सर्टको टिकट विक्रीबाट ९० हजार तीनसय ८० पाउण्ड उठेको र हलभाडा, कलाकारहरुको आवतजावत खर्च लगायतमा ६५ हजार एकसय ७४ पाउण्ड खर्च भएको जनाए । श्रेष्ठले हेल्प नेपाल नेटवर्क काठमाण्डौंसंग समन्वय गरि गोरखाका दुईवटा विद्यालयमा रकम पठाइने उल्लेख गर्दै सहयोगका लागि प्राप्त आवेदनहरुमध्येबाट दुई विद्यालय छान्ने काम भइरहेको बताए ।
भूकम्प पीडितहरुको सहयोगार्थ लन्डनस्थित रोयल अल्बर्ट हलमा भएको पहिलो नेपाली कन्सर्टमा वरिष्ठ कलाकारहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दिपक थापामगर, जेम्स् प्रधान, सुजिल कर्माचार्य, तृष्णा गुरुंग लगायत सहभागी थिए ।
हेल्प नेपाल नेटवर्क यूकेका उपाध्यक्ष एवं उक्त कन्सर्टका संयोजक प्रसिद्ध प्रधानले कन्सर्टका लागि नेपालबाट आएका समस्त कलाकार, वाद्यवादक, दर्शक, प्रायोजक, स्वयंसेवी लगायत सबै सहयोगीप्रति आभार व्यक्त गरेका छन् ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता