
लन्डन । यतिखेर बेलायतमा पनि तीज माहोल छ । धेरै संघसंस्थाले तीजकै दिन पारेर कार्यक्रम गर्ने तयारी गरिरहेका छन् । यस मध्ये लन्डन साउथ इष्टस्थित पशुपति मन्दिरमा भोलि बुधवार सामूहिक पूजासहित तीज विशेष कार्यक्रम हुने भएको छ । पशुपति मन्दिर व्यवस्थापन समितिले तीज विशेष कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रम संयोजक सहदेव गिरीका अनुसार, दिउसो साढे एकबजेदेखि शुरु हुने कार्यक्रममा पण्डित निलहरी घिमिरेबाट स्थापना पूजा, सामूहिक आरती पूजा साथै सामूहिक तीज नाच, स्टेज नृत्य लगायत मनोरन्जनात्मक प्रस्तुति रहनेछ । पण्डित घिमिरेले हरितालिका तीजको धार्मिक पक्षबारे प्रवचन समेत दिने कार्यक्रम छ । तीज कार्यक्रम मन्जु खरेलले सञ्चालन गर्नेछिन् भने नवनियुक्त अध्यक्ष बालजंग अर्यालले संक्षिप्त मन्तव्य र कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ । मन्दिर व्यवस्थापन समितिले महिलाहरुलाई सहभागी भएर आफ्नो विशेष पर्व तीज हर्षोल्लासका साथ मनाउन निमन्त्रणा गरेको छ । सांझ ७ देखि ९ बजेसम्म महिलाहरुले सामूहिक तीज नृत्य गर्ने आयोजकले जनाएका छन् ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता