लण्डन । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा साहित्यकार बैरागी काइँलालाई युकेमा विशेष सम्मान गरिने भएको छ ।
नेपाल प्रतिभा प्रतिष्ठान बेलायतको आयोजनामा यही अक्टोबर ३ मा लण्डनमा एक कार्यक्रम गरी उनलाई विशेष सम्मान गर्न लागिएको प्रतिष्ठानले जानकारी दिएको छ ।
फेल्थम कम्युनिटी कलेज लण्डनमा हुने सो कार्यक्रममा भाग लिन नेपालबाट काइँलाका साथै मदन पुरस्कार विजेता लेखक राजन मुकारुंग तथा साहित्यकार एवं पत्रकार राजकुमार दिक्पाल युके आउँदै गरेको प्रतिष्ठानका कोषाध्यक्ष देवेन्द्र खरेसले बताए ।
साहित्यकार काइँला र मुकारुंगलाई प्रतिष्ठानले र दिक्पाललाई अन्तर्राष्ट्रिय वांगमय प्रतिष्ठानले बेलायत निम्त्याएका हुन् ।
सो कार्यक्रममा आठौँ अभिव्यक्ति श्रृंखलामार्फत साहित्यकार रक्ष राईलाई मंच प्रदान गरिने भएको छ भने गीतकार मुकेश राईको रङ जीन्दगीको कृतिको पनि विमोचन गरिने भएको छ ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता