लन्डन । बेलायतमा ‘महिलाद्वारा महिला’ का लागि गठित ‘एजियन महिला एसोसिएसन’ (आमा) यूकेले आगामी १२ सेप्टेम्बर शनिवार तीज विशेष कार्यक्रम
गर्ने भएको छ । उसको सबैभन्दा वृहत वार्षिक कार्यक्रम अन्तर्गत सामुयल कोडी स्पार्टस् कलेज हल, फार्नबोरोमा तीज हुन लागेको हो । तीजमा वर्षेनी दुई हजार हाराहारी महिला सहभागी हुने गर्छन् ।
उक्त अवसरमा संस्थाले तीन पुस्ताबीच ‘वेष्ट डान्सर’ समेत छान्ने भएको छ । दिउसो २ देखि राती ९ बजेसम्म हुने कार्यक्रममा सहभागी मध्येबाट वेष्ट डान्सर हजुरआमा, वेष्ट डान्सर आमा र वेष्ट डान्सर छोरी क्याटेगोरिजमा पुरस्कृत गर्न लागिएको महासचिव विभा गुरुङले जनाइन् । यस पटक आमाले राफल चिट्ठामा प्रथम हुनेलाई सुनको सिक्का उपहार दिने भएको छ ।
महिला सशक्तिकरणका लागि सन् २००६ मा स्थापित आमाले विभिन्न कालखण्डमा नेपालमा आर्थिक सहयोग गरेको छ । संस्थाले सन् २०१० मा माइती नेपाललाई ७० हजार रुपैयां, सन् २०१४ मा बाढी पीडितका लागि बीएफबीएस् गोर्खा रेडियो नेपाल मार्फत एक लाख रुपैयां र गत वर्ष एनआरएनए यूके मार्फत वृद्धाश्रमका लागि २२० पाउण्ड सहयोग प्रदान गरेको थियो ।
आमाले पहिलो पटक यसै वर्ष ‘वुमेन्स् डे’ गरि आर्थिक संकलन गरेको थियो । संकलित रकम मध्येबाट रक्षा नेपाल र ब्लड क्यान्सर पीडित अन्जु कार्कीलाई सहयोग प्रदान गरिएको छ । आमाले यही साल रेस फर लाइफमा सहभागी भएर ९६५ पाउण्ड ५० पेन्स् संकलन गरेकामा ५०० पाउण्ड क्यान्सर रिसर्चलाई दिइसकेको छ भने बांकी रकमसहित यही शनिवार हुने तीज कार्यक्रममा राफलबाट उठ्ने पैसा च्यारिटीमै खर्च गर्ने संस्थाको योजना छ ।
संस्थाले शिव कल्चर, साइ सेन्टर र बुद्धिष्ट कम्युनिटी सेन्टरलाई समेत सहयोग गरेको छ ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ