लन्डन । बेलायतमा ‘महिलाद्वारा महिला’ का लागि गठित ‘एजियन महिला एसोसिएसन’ (आमा) यूकेले आगामी १२ सेप्टेम्बर शनिवार तीज विशेष कार्यक्रम
गर्ने भएको छ । उसको सबैभन्दा वृहत वार्षिक कार्यक्रम अन्तर्गत सामुयल कोडी स्पार्टस् कलेज हल, फार्नबोरोमा तीज हुन लागेको हो । तीजमा वर्षेनी दुई हजार हाराहारी महिला सहभागी हुने गर्छन् ।
उक्त अवसरमा संस्थाले तीन पुस्ताबीच ‘वेष्ट डान्सर’ समेत छान्ने भएको छ । दिउसो २ देखि राती ९ बजेसम्म हुने कार्यक्रममा सहभागी मध्येबाट वेष्ट डान्सर हजुरआमा, वेष्ट डान्सर आमा र वेष्ट डान्सर छोरी क्याटेगोरिजमा पुरस्कृत गर्न लागिएको महासचिव विभा गुरुङले जनाइन् । यस पटक आमाले राफल चिट्ठामा प्रथम हुनेलाई सुनको सिक्का उपहार दिने भएको छ ।
महिला सशक्तिकरणका लागि सन् २००६ मा स्थापित आमाले विभिन्न कालखण्डमा नेपालमा आर्थिक सहयोग गरेको छ । संस्थाले सन् २०१० मा माइती नेपाललाई ७० हजार रुपैयां, सन् २०१४ मा बाढी पीडितका लागि बीएफबीएस् गोर्खा रेडियो नेपाल मार्फत एक लाख रुपैयां र गत वर्ष एनआरएनए यूके मार्फत वृद्धाश्रमका लागि २२० पाउण्ड सहयोग प्रदान गरेको थियो ।
आमाले पहिलो पटक यसै वर्ष ‘वुमेन्स् डे’ गरि आर्थिक संकलन गरेको थियो । संकलित रकम मध्येबाट रक्षा नेपाल र ब्लड क्यान्सर पीडित अन्जु कार्कीलाई सहयोग प्रदान गरिएको छ । आमाले यही साल रेस फर लाइफमा सहभागी भएर ९६५ पाउण्ड ५० पेन्स् संकलन गरेकामा ५०० पाउण्ड क्यान्सर रिसर्चलाई दिइसकेको छ भने बांकी रकमसहित यही शनिवार हुने तीज कार्यक्रममा राफलबाट उठ्ने पैसा च्यारिटीमै खर्च गर्ने संस्थाको योजना छ ।
संस्थाले शिव कल्चर, साइ सेन्टर र बुद्धिष्ट कम्युनिटी सेन्टरलाई समेत सहयोग गरेको छ ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता