लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति, बेलायत नेपालले गर्ने वृहत आमसभा एक दिन पछाडि सरेको छ । समितिले प्रमुख अतिथी सांसद वीरेन्द्र शर्माको कार्यव्यस्तता जनाउंदै आगामी आइतबार नर्थहोल्ट सोसियल क्लवमा कार्यक्रम गरिने सूचित गरेको छ ।
यसअघि शनिवार सोही स्थानमा सभा तय गरिएको थियो ।
शनिवार लेवोर पार्टीको निर्वाचन परेकाले आइतबार सार्नु परेको समितिका संयोजक कृष्णबहादुर राईले जनाए ।
समितिले नवनियुक्त सर्वदलीय संसदीय समिति (एपीपीजी) का अध्यक्ष सांसद वीरेन्द्र शर्माको सम्मान गर्ने र त्यसैदिन उनलाई ज्ञापन दिने कार्यक्रम राखेको छ ।
सयौं भूपू गोर्खा सहभागी हुने अपेक्षा राखिएको उक्त आमसभाका दिन सत्याग्रह समितिले गत महिना स्कटल्याण्डमा भएको प्रदर्शन र भावी कार्यक्रमबारे भूपू गोर्खाहरुलाई जानकारी दिने बताइएको छ । समितिले गत अगष्ट १० देखि १४ तारिखसम्म आफ्ना जायज र न्यायपूर्ण मागहरु पुरा गराउन बेलायत सरकार विरुद्ध दवाव दिने उद्देश्यले स्कटल्याण्डमा धर्ना, विरोध प्रदर्शन र स्कटिस नेतासमक्ष ज्ञापन बुझाएको थियो ।
समितिले आफ्नो भावी कार्यक्रममा बेलायत सरकारलाई थप दवाव दिन अक्टोवर २० तारिखका दिन फेरि संसद भवन अगाडि प्रदर्शन गर्ने जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते