लन्डन । गायिका अन्जु पन्त र उनका पूर्व श्रीमान् मनोज राजले गाएको एउटा गीत ‘कस्तो माया लाइयो हजुर…’ गीतको म्यूजिक भिडियो छायांकन बेलायतमा गरिएको छ । प्रभु गुरुङले निर्देशन गरेको उक्त म्यूजिक भिडियो बेलायतको डर्डल डोर, पोर्टल्याण्ड, फार्नबोरो जस्ता गन्तव्यमा छायांकन गरिएको हो ।
भिडियोमा सुसी खड्का, मिलन गुरुङ र लिकुन गुरुङले अभिनय गरेका छन् भने संगीत हरि लम्सालको छ । उक्त भिडियो क्यामेरामेन मनोज गुरुङले खिचेका हुन् ।
मोडल सुसीले आफ्नो पहिलो म्यूजिक भिडियो र वियोगान्त दृश्य भएकाले शुरुमा केही नर्भस् भएपनि पछि टिमवर्कका कारण सहज बनेको बताइन् । ‘अब अरुमा पनि अभिनय गर्न उत्साहित छु’, उनले सुनाइन् । भिडियो छिट्टै सार्वजनिक गरिने बताइएको छ ।
गोविन्दप्रसाद उपाध्यायले लेखेको उक्त गीत गायिका अन्जु पन्त र मनोज राजको वास्तविक जीवनसंग मेल खाने बताइएको छ ।
म्यूजिक नेपालको प्रस्तुति रहने सत्यता २ एल्बममा समावेश हुनेछ उक्त गीत ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते