लण्डन । ब्रिगेड ब्वाइज क्लवले रेडिंग कपको उपाधि जितेको छ ।
ग्रेटर रेडिंग नेपलिज कम्युनिटी एसोसिएसनले हरेक वर्ष संचालन गर्ने सो कपको फाइनल खेलमा ब्रिगेड ब्वाइज क्लवले बर्मिंघम ब्वाइज क्लवलाई २–० ले पराजित गर्दै उपाधि चुमेको हो ।
कुल ३१ टीमले सो प्रतियोगितामा भाग लिएका थिए । २० टीमले युथतर्फ, ८ टीमले भेटेरानतर्फ र ३ टीमले महिलातर्फ भाग लिएका थिए ।
विगत ९ वर्षदेखि युकेमा संचालन हुंदै आएको सो प्रतियोगिता नेपालीहरुबीच एक लोकप्रिय इभेन्ट मानिन्छ ।
महिलातर्फ सेल्डोन आर्मी टीमले मनोक्रान्ति टीमलाई ३–२ ले पराजित गर्यो । युकेमा हुने फुटबल प्रतियोगितामा महिलाहरुलाई सहभागिता गराएको यो पहिलोपटक हो ।
भेटरानतर्फ पोखरा युनाइटेडले क्वीन्स एभेन्युलाई १–० ले जित्यो ।
प्रतियोगितामा नौमती बाजा र नेपाली मौलिक बाजाहरु बजाइएको थियो ।
प्रतियोगितामा सञ्जय थापा धेरै गोलकर्ता भएभने प्रमोद थापा उत्कृष्ट खेलाडि घोषित भए । महिलातर्फ रीता शाही उत्कृष्ट भइन् । भेटरानतर्फ वासुदेव गुरुंग धेरै गोलकर्ता, पूर्ण गर्बुजा उत्कृष्ट खेलाडी भए ।
प्रतियोगिता संचालनका लागि भरत पौड्याल, धनबहादुर राना, सुजना पौड्याल र प्रेम गुरुंग रहेको उपसमिति बनाइएको थियो ।
बेलायतका लागि नेपालका कार्यबाहक राजदुत तेजबहादुर क्षेत्री प्रमुख अतिथि थिए भने रेडिंग बोरो काउन्सिलका मेयर सारा पार्कर अतिथि । विजेता, उपविजेतालाई अतिथि, प्रमुख अतिथिले पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए ।
प्रतियोगितामा नेपाली उपमेयर डा. जगन्नाथ शर्मा, काउन्सिलर बब ह्वाइट, एसोसिएसनका संस्थापक अध्यक्ष डा. चन्द्रबहादुर गुरुंग, पूर्व अध्यक्ष अर्जुन बस्नेत, सल्लाहकार कीर्ति पन्त, ढकबहादुर गुरुंग, वेद लावती, ज्ञानराज राई, क्याप्टेन सिबी पुन लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी, रेडिंग एक्स गोरखा वेलफेयर एसोसिएनका अध्यक्ष बालकृष्ण राई, तमु समाजका अध्यक्ष कृष्णबहादुर गुरुंग, मगर संघका अध्यक्ष पहलसिंह थापा, तामांग घेदुंगका अध्यक्ष तेञ्जी लामा, पर्वत समाजका अध्यक्ष नरजंग गुरुंगको पनि उपस्थिति थियो ।
समापन समारोहको संचालन महासचिव नवराज न्यौपानेले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष कृष्ण न्यौपानेले गरेका थिए । कार्यक्रमका एसोसिएसनका अध्यक्ष मानबहादुर गुरुंगको अध्यक्षतामा भएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते