लण्डन । गैरअावासीय नेपाली संघ (एनअारएन) युकेकाे अागामी निर्वाचनमा उपाध्यक्षका दाबेदार अर्जुन कटवालले अाफ्ना याेजना सार्वजनिक गरेका छन् ।
यदि उपाध्यक्ष पदमा निर्वाचित भएकाे खण्डमा अागामी दुई वर्षमा एनआरएन यूकेको संस्थागत विकाश, स्थायी कार्यालय र नेपाल हाउस निर्माण गर्न पहल गर्ने उनले बताएका छन् । यस्तै एनअारएन युकेकाे सदस्यता ६ महिना अगाडि नै खुल्ला गर्ने र हाल देखिएको विकृतिलाई निरुत्साहित गर्ने उनकाे याेजना छ । एनअारएनलाई क्षेत्रीय एवं काउन्सिलकाे अवधारणामा परिणत गरी निर्बाचन गराउने उनले बताएका छन् ।
एनअारएनमा विद्यार्थीहरुलाई अहिले समावेश नगरिएकाेमा उनीहरूलाई समावेश गर्ने प्रस्ताव अागामी अधिवेशनमा लैजाने वचन उनले दिएका छन् । नेपालीद्वारा नेपालीका लागि, म हैन मेरो र हाम्रो, गुट उप-गुट, जाति र राजनीतिभन्दा माथि उठी एनआरएनलाई साझा थलाे हुने वातावरण बनाउन पहल गर्ने उनकाे याेजना छ ।
सामजिक, भैपरी आउने कल्याणकारी कामका लागि अक्षयकोषको स्थापना, गैरआवासीय नेपालीहरुको हक़ हितको कार्यक्रमहरु बनाउने, सीप,पूँजी र ज्ञानलाई नेपालभित्र प्रयोग गर्ने वातावरण सृजना गर्ने उनले बताएका छन् ।
नेपाली कला, संस्कृति र पर्यटनको प्रबर्धन गर्ने, एक राष्ट्र एक प्रोजेक्ट अन्तर्गत कर्णाली विकाश योजनामा सहयोग गर्ने, बेलायत-नेपालको कूटनैतिक सम्बन्धको २०० वर्षको उपलक्ष्यमा बिभिन्न कार्यक्रम गर्ने र नेपालमा एयर एम्बुलेंस सेवा स्थापनाका लागि पहल गर्ने उनकाे याेजना छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते