लन्डन । दक्षिण एसियाली कला संस्कृति दर्शाउने युरोपकै सबैभन्दा ठूलो लन्डन मेलामा यस पटक पनि नेपाली दूतावासको सहभागिता हुने भएको छ । भोलि ६ सेप्टेम्बर आइतबार इलिङ, हाउन्स्लो काउन्सिल एवं मेयर अफ लन्डनको विशेष सहयोग रहने उक्त जि लन्डन मेला गनर्सबरी पार्कमा हुंदैछ ।
दूतावासले मेलामा नेपालको पर्यटन प्रबर्धनलाई प्राथमिकता दिने कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जनाए ।
करिब एक लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको उक्त मेलामा नेपालका तर्फबाट प्रथम गुल्मी जिल्ला समाज यूकेको नौमती बाजासहित तीनवटा मौलिक नृत्य हुनेछ । दूतावासले विभिन्न कुटनीतिज्ञ एवं अतिथीहरुलाई आमन्त्रण गरेर दिउसो मेला स्थलमै रिसेप्सेन दिने कार्यक्रम समेत छ । दूतावासले समस्त नेपालीलाई मेला अवलोकन गर्न आग्रह समेत गरेको छ ।
फेसन शो, खाना, बलिउड आधुनिक तथा शास्त्रीय संगीत, बाल खेल, आतसबाजी मेलाका प्रमुख आकर्षण हुनेछन् ।
मेला यसपटक नेपालका भूकम्प पीडितहरुका लागि समर्पित हुने भएको आयोजकले जनाएका छन् । आयोजकले मेलामार्फत भूकम्प पीडितलाई सघाउने केही महिनाअघि बेलायतको विदेशमन्त्रालयस्थित दरबार कोर्टमा आयोजित समारोहमा जानकारी दिएका थिए । अक्सफाम, गोर्खा वेलफेयर ट्रष्ट र युमी च्यारिटी मार्फत सहयोग संकलन गरिनेछ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते