लन्डन । साउथ इष्ट लन्डनका एकजना परिचित व्यवसायी फत्त थापाले केयर कम्पनी शुरु गरेका छन् ।
थापाले वृद्धवृद्धाको हेरचाहका लागि होम इन्सटेड सिनियर केयर नामक कम्पनी सञ्चालन गरेका हुन् । उक्त केयर कम्पनीले ग्रीनवीच, बेक्स्ली र वरपरको क्षेत्र हेर्ने जनाइएको छ । कम्पनीले कम्तीमा ५० जना स्थानीयलाई रोजगारी दिने लक्ष्य लिएको छ । तालिम समेत उपलव्ध गराउने जनाउंदै कम्पनीले समूहमा रहेर काम गर्न इच्छुकलाई आवेदन दिन पनि भनेको छ ।
‘हाम्रो उद्देश्य केयर सर्भिस दिने मात्र होइन, वृद्धवृद्धालाई आफ्नोपनको आभास र न्यानोपन दिलाउनु पनि हो’, थापा भन्छन् ।
‘स्किल्स् एण्ड केयर’ नामक संस्थाका तर्फबाट गरेको सामुदायिक सेवाका लागि केही समयअघिमात्र सिभिक अवार्ड प्राप्त गरेका थापाले उक्त संस्थामार्फत रोयल बरो अफ ग्रीनवीचका नेपालीको हकहितका लागि अनुकरणीय काम गरेका छन् । विशेषगरि भूपू गोर्खा र तिनका परिवारलाई आर्थिक सहयोग जुटाउन पहल देखि स साना वालवालिकालाई नेपाली भाषा कक्षा र संगीत प्रशिक्षण दिलाउन पनि उनको भूमिका उल्लेख्य छ ।
‘आफ्नै परिवार भएको नाता र मेरो केयरिङ अनुभवले मलाई थाहा छ गुणस्तरिय केयर सेवा कति महत्वपूर्ण छ’, थापा भन्छन्, ‘हाम्रो कम्पनीको अर्को उद्देश्यमा गुणस्तरिय सेवा प्रदान जस्तैः खाना बनाउने, हाउस किपिङ, डिस्चार्जपछि रेखदेख, व्यक्तिगत हेरचाह, औषधि सेवन र किनमेलमा सहयोग आदि समेत छन् ।’
२० वर्षअघि सूचना प्रविधि विषयमा स्नातकोत्तर गर्न बेलायत प्रवेश गरेका थापा केही वर्ष ग्रीनवीच कलेज र उलवीचमा स्थापित आफ्नै कलेज म्यारिटाइम ग्रीनवीचमा प्राध्यापनमा समेत संलग्न भए । हाल उनी श्रीमति सोनिया र तीनजना सन्तानका साथ साउथ इष्टमा बसोवास गर्छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते