नेपालका चर्चित कलाकारहरुको सहभागितामा आउँदो सेप्टेम्बर तथा अक्टोबर महिनामा लण्डनस्थित बर्नटोक नेपाली समाजले बेलायतका विभिन्न ठाउँमा देउराली साँझ २०१५ प्रस्तुत गर्न लागेको छ।
नेपालका भूकम्प पीडितहरु तथा एउटा ब्रिटिश च्यारिटी क्यान्सर रिसर्च युकेको सहयोगार्थ आयोजना गर्न लागिएको सो रमाइलो सांगीतिक कार्यक्रममा चर्चित गायकहरु कृष्ण गुरुङ, रेवत राई, मेलिना राई र नीता गुरुङले लोकप्रिय गीत तथा नृत्यहरु प्रस्तुत गर्नेछन्।
नेपालमा तीन पटक स्वर्ण पदक जितिसकेका कृष्ण गुरुङ वरिष्ठ लोक गायक हुन् भने खोटाङका रेवत राई फर्स्ट रनर अप हुन्। विसं २०६५ मा रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय प्रतियोगिताकी विजेता मेलिना राईले “डाँडै काटी जाने भए काटी जाउ मायालु ” लगायत थुप्रै लोकप्रिय गीतहरु गाएकी छिन् । त्यस्तै लोक गायिका नीता गुरुङ नायिका पनि हुन्।
यसबाहेक विभिन्न कलाकारहरुले नेपाली नृत्य र अतिथि कलाकारहरुले साल्सा तथा बेली डान्स प्रस्तुत गर्ने आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रम १९ सेप्टेम्बर शनिबार ह्यारो लेजर सेन्टर ह्यारो, २६ सेप्टेम्बर प्रिन्सेस हल अल्डरशट र ३ अक्टोबर सांझ एससीएसएससी ओकफार्म, फार्नबरोमा हुने तय भएको छ ।
“आफूलाई पायक पर्ने स्थानमा सपरिवार उपस्थित भए भव्यताका साथ कार्यक्रम सफल पारिदिन हामी हार्दिक अनुरोध गर्दछौ,” सांगीतिक साँझका आयोजकमध्ये एक रत्न गुरुङले बताए । विदेशमा बसेर पनि नेपाली संगीत र कलाको प्रवर्द्धनमा सघाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको उनले जनाए ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता