लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आगामी १३ सेप्टेम्बरमा हुने निर्वाचनका लागि कोषाध्यक्षमा उम्मेदवारी दिएका सूर्य तामाङले उम्मेदवारी फिर्ता लिएपछि दीपक श्रेष्ठ कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका सदस्य सचिव रामशरण सिम्खडाले तामाङले आइतबार उम्मेदवारी मनोनयन फिर्ता लिएको जनाए ।
निर्वाचन समितिले उम्मेदवारको नामावलीमाथि दावी विरोध आइतबार सांझ ५ बजे र उम्मेदवारी मनोनयन फिर्ता आइतबारै सांझ ८ बजेसम्मका तोकेको थियो ।
नेपाली जनसम्पर्क समिति, बेलायतका सहकोषाध्यक्ष रहेका तामाङको उम्मेदवारीमाथि दावी विरोध आएपछि उनी पछि हटेका हुन् । श्रोतका अनुसार, अध्यक्षका प्रत्यासी विश्वासदीप लिम्बु र उपाध्यक्षकी प्रत्यासी कुमारी गुरुङको नाममाथि पनि विरोध आएको छ । यद्यपि, उनीहरुले नाम भने फिर्ता लिएका छैनन् । बरु, गुरुङले आफूलाई उम्मेदवार बन्नबाट वञ्चित गराउने षडयन्त्र भएको आरोप लगाउंदै आफ्नो कुनै राजनीतिक पार्टीमा आवद्धता नरहेको बताएकी छिन् । उनी नेपाली जनसम्पर्क समितिमा आवद्ध रहेको उजुरी छ ।
एनआरएन विधानमा पदाधिकारीहरु कुनै पनि राजनीतिक, धार्मिक तथा जातीय संस्थामा रहन नपाइने प्रावधान छ ।
एनआरएनए यूके निर्वाचनका लागि अध्यक्ष पदमा चार जना हिराधन राई, मुछेत्र गुरुङ, योगकुमार फगामी र विश्वासदीप लिम्बुको उम्मेदवारी परेको छ । त्यस्तै, उपाध्यक्षमा बुद्धिराम थापा, ललितकुमार न्यौपाने, सनत सागर गुरुङ, अर्जुनकुमार कटवाल र दासुराम पाण्डे प्रतिष्पर्धामा छन् । महिला उपाध्यक्षमा कुमारी गुरुङ र शान्ति थापा भिडेका छन् ।
महासचिवमा खुशिमान तावा लिम्बु र विजय विक्रम लिङदेनले उमेदवारी दर्ता गराएका छन् । सचिवमा कृष्णप्रसाद तिवारी, युवा संयोजकमा हरिकृष्ण आचार्य र महिला संयोजकमा सुशिला राई एक्लैको उम्मेदवारी परेपछि उनीहरु तीनैजना निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै ९ जना सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा सुरज मास्के, पदम बिर्ख रावल, नारायण पौडेल गाउंले, यमबहादुर घले, कप्रसाद छन्त्याल, शालिकराम सापकोटा, राजेश पाठक, डा. मीनबहादुर रानाभाट र मिलन गुरूङले उम्मेदवारी दिएका थिए । आइसीसी सदस्यमा संगीता मरहठ्ठा, सुष्मा लिम्बु राई, पशुपति भण्डारी र कृष्णप्रसाद तिमल्सिनाको उम्मेदवारी दर्ता भएको छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने