सप्तरी, १४ भदौ । सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एउटा माइक्रोबसमा आगजनी गरेका छन् ।
पश्चिमबाट पूर्व जाँदै गरेको बा२ज ६२३९ नम्बरको माइक्रोबसमा यात्रुलाई गाडीबाट उतारेर आगजनी गरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
आगजनीबाट माइक्रोबस पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । अहिले रुपनीको अवस्था तनावग्रस्त रहेको बताइएको छ । मधेसी मोर्चाले सप्तरीमा विगत १७ दिनदेखि बन्द जारी राखेको छ ।
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा