लन्डन । नर्थ वेष्ट लन्डनको निज्डेनस्थित स्वामी नारायण मन्दिरले नेपालका भूकम्प पीडितका लागि २५ हजार पाउण्ड सहयोग प्रदान गरेको छ ।
शनिबार एक धार्मिक समारोहबीच कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले २५ हजार पाउण्डको चेक बुझेका हुन् ।
मन्दिरका टष्टी एपी पटेल र भिएच पटेलले उक्त रकम प्रदान गरेको कार्यवहाक राजदूत क्षेत्रीले वीनेपालीलाई जनाए ।
चेक ग्रहण गरेपछि क्षेत्रीले दाताहरुप्रति आभार व्यक्त गर्दै प्राप्त रकम सही सदुपयोग गरिने विश्वास दिलाएका थिए । क्षेत्रीले नेपाल पर्यटकका लागि सुरक्षित भएको अवगत गराउंदै भक्तजनहरुसमक्ष नेपाल भ्रमण गरिदिन अपिल समेत गरेका थिए । स्मरणरहोस्, नेपाल धार्मिक पर्यटनका लागि समेत गतिलो गन्तव्य मानिन्छ ।
लन्डन दूतावासले प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा पठाउनेछ । यसअघि दूतावासले ५ करोड १५ लाख रुपैयां प्रधानमन्त्री राहत कोषमा पठाइसकेको छ । भूकम्प लगत्तै दूतावासमा आयोजित एक वृहत भेलाले नेपाल ब्रिटेन राहत तथा उद्दार कोष स्थापना गरेको थियो । भूकम्प पीडितलाई सहयोग जुटाउने क्रममा कार्यवहाक राजदूत क्षेत्रीको योगदान अहिले सर्वत्र प्रशंसनीय छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते