लण्डन । आसन्न एनआरएन युकेको राष्ट्रिय समन्वय समितिको निर्वाचनमा अध्यक्ष पदका लागि चर्चामा रहेका चार आकांक्षीहरुले अध्यक्ष पदमा विश्वासदीप तिगेलालाई समथर्न गर्ने भएका छन् ।
शुक्रबार लण्डनमा आपसी छलफल गर्दै अध्यक्ष पदका लागि चर्चामा रहेका सूर्य नेम्वाङ, ठाकुर शर्मा, कल्पना आङबुहाङ र बुद्धिराम थापाले तिगेलालाई समर्थन गर्ने निस्कर्षमा पुगेका हुन् ।
वर्तमान कार्यसमितिका नेम्वाङ उपाध्यक्ष, शर्मा कोषाध्यक्ष तथा थापा र आङबुहाङ सदस्य रहेका छन् ।
वीनेपालीसित कुरा गर्दै नेम्वाङले तिगेलालाई सहयोग गर्ने सल्लाह भएकाले आफूले अध्यक्ष पदमा उम्मेदवारी नदिने बताए । सबैले सहमति गरौँ भन्ने आशय व्यक्त गरेका कारण आफू पनि सहमत भएको उनले थपे ।
अध्यक्षका दाबेदार शर्माले एनआरएन युके फेरि एउटै समूहको इशारामा चल्नसक्ने जोखिम बढेकाले बाघसँग जुघ्न बाघै भएर जानपर्ने आवश्यकतालाई हेरेर तिगेलालाई समर्थन गरेको बताए । गुरुङ समुदायबाट यसअघि दुईपटक एनआरएन युकेको नेतृत्व भइसकेको अवस्थामा यसपटक अरु समुदायलाई मौका दिनुपर्ने धारणा उनले व्यक्त गरे ।
अर्का अध्यक्षका आकांक्षी कल्पना आङबुहाङले एनआरएन युकेको निर्वाचन सहमतिबाट सम्पन्न होस् भन्ने मनशायले आफूहरुले तिगेलालाई समर्थन गरेको बताइन् । अरु उम्मेदवारहरुसित सहमतिका लागि छलफल गर्न तिगेलालाई नै जिम्मा दिइएको उनले बताइन् ।
अर्का अध्यक्षका दाबेदार बुद्धिराम थापाले भने धेरै जना अध्यक्षमा उठ्ने भएकाले आपसमा सहमति निर्माण गर्न सजिलो होस् भनेर पछि हटेको बताए । उनले तिगेला मात्र होइन सबै उम्मेदवारबीच सहमति होस् भन्ने आफ्नो चाहना रहेको प्रष्ट पार्दै उपाध्यक्षमा उम्मेदवारी दिने पनि घोषणा गरे ।
एनआरएन युकेका लागि शनिबार निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता हुने कार्यक्रम रहेको छ ।
अब अध्यक्ष पदमा दाबी गर्नेमा तिगेला, मुछेत्र गुरुङ, हीराधन राई र योगकुमार फगामी बाँकी छन् ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता