लन्डन । १३ सेप्टेम्बरमा हुने गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) को निर्वाचनमा अन्तिम मतदाता संख्या ३ हजार ४ सय ६२ टुंगो लागेको छ । रित नपुगेका ७ सय ८९ सदस्यता भने निर्वाचन समितिले बदर गरिदिएको छ । निर्वाचन समितिले कुल ४ हजार २ सय ५१ मत प्राप्त गरेको थियो ।
बैंकिङ तथा अन्य कारणले छानवीनमा थाती राखिएका ९ सय ५१ र रित पूर्वक प्राप्त नभएका ३ सय ९८ सदस्यता मध्येबाट छानवीन गरि पछि प्रमाण जुटेका सदस्यतालाई मान्यता दिइएको निर्वाचन समितिले जनाएको छ ।
‘हामीले सम्बन्धित सदस्यहरुलाई इमेल, फोन र अन्य माध्यमबाट सम्पर्क गरि प्रमाण माग्यौं र शुक्रबार ६ बजेसम्ममा अन्तिम टुंगो लगाइयो’, निर्वाचन समितिका सदस्य सचिव रामशरण सिम्खडाले वीनेपालीलाई भने, ‘पटक्कै प्रक्रिया नपुगेका सदस्यता बदर गरिएको छ । नयां कार्यसमितिले भविष्यमा उहांहरुलाई सदस्यता दिन सक्छ तर अहिलेको निर्वाचनमा भाग लिन वञ्चित हुनुपर्नेछ ।’
यसैबीच, निर्वाचन समितिले एक सूचना जारी गर्दै उम्मेदवार बन्न चाहनेलाई भोलि शनिवार निर्वाचन समितिको कार्यालय एक्टनमा आवेदनसहित सम्पर्क गर्न अनुरोध गरेको छ ।
निर्वाचन समितिका संयोजक डा. राघवप्रसाद धिताल (ओबिइ) द्धारा प्रेषित सूचनामा उम्मेदवार बन्न इच्छुक एनआरएनए यूके सदस्यहरुले एनआरएनए आइसीसी र एनआरएनए यूकेको विधान, विनियम तथा निर्वाचन सम्बन्धि आचार संहितामा तोकिए अनुसार सम्बन्धित कागजात तथा शुल्क सहित उपस्थितिका लागि अनुरोध गरेको हो ।
तल हेर्नुहोस् सूचना
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते