धनगढी, १० भदौ । कैलालीको टीकापुरमा सोमबार सातजना प्रहरी र एक बालकको ज्यान जाने गरी भएको घटनाको चार दिनपछि आज सरकारी उच्च सुरक्षा अधिकारीहरूको टोलीले घटनास्थलको अध्ययन गरेको छ ।
टोलीले प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितका प्रहरीको हत्या भएको स्थलको अध्ययन अवलोकन गरी घटनाबारे जानकारी लिएको हो । घटनास्थलको अध्ययनपछि सुरक्षा अधिकारीले हत्या गरिएका दुई वर्षीय बालकको मुनुवा गाविस–६स्थित घरमा पुगेर शोकाकूल परिवारका सदस्यलाई संवेदना दिएका छन् ।
अध्ययनकै क्रममा टीकापुर इलाका प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले घटनाबाट विचलित नभई निडर भएर शान्ति सुरक्षाको काममा आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक निर्वाह गर्न मातहतका प्रहरीलाई निर्देशन दिए ।
अवलोकनपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले टीकापुरमा भएको घटना क्रुर र अमानवीय भएको भन्दै अपराधीलाई कानुनको कठघरामा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
टोलीमा अर्यालसहित गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी सहभागी थिए ।
गत सोमबार थारुहटका कार्यकर्ताको प्रदर्शनका क्रममा भएको आक्रमणमा परी प्रहरी वरिष्ठ उपरीक्षक न्योपानेसहित सात प्रहरी र घरमै खेलिरहेका एक बालकको मृत्यु भएको थियो ।
घटनामा घाइते भई उपचारमा रहेका थप एक प्रहरीको गएराति मृत्यु भएपछि टीकापुर घटनामा मृत्यु हुने प्रहरीको सङ्ख्या आठ पुगेको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा