लण्डन । एनअारएनए युकेको अासन्न निर्वाचनमा मतदाता नामावली माथि दाबी विरोध गर्ने समय तीनदिन थप गरिएको छ ।
निर्वाचन समितिका सदस्यसचिव रामशरण सिंखडाका अनुसार अधिकतम अावेदकहरू मतदानबाट वन्चित नहुन् भन्ने हेतुले म्याद बढाइएको हो ।
यसअघि निर्वाचन समितिले मतदाता नामावलीमा दाबी विरोधका लागि २५ अगष्टसम्म म्याद दिएको थियो तर सो सूचनालाइ संसोधन गर्दै समितिले २८ अगष्ट दिउँसो ३ बजेसम्म म्याद थप गरेको छ ।
निर्वाचन समितले जारी गरेको मतदाता नामावलीमा २ हजार ८६३ जनाको निवेदन सदर भएको बताइएको छ भने ३९८ जनाको निवेदन रितपूर्वक नअाएकाले बदर गरिएको छ । बैँकिङ र अन्य काजगात नपुगेको भन्दै समितिले ९५१ जनाको निवेदन छानविन गरिँदै गरेको जनाएको छ ।
समितिले [email protected] मार्फत दाबी विरोध गर्न सकिने जनाएको छ । इमेल पहुँच नभएकाहरूले कसरी दाबी विरोध गर्ने भन्ने सूचनामा केही उल्लेख छैन ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते