लन्डन । साउथ इष्ट लन्डनको चार्लटनमा बसोवास गर्ने नेपालीहरुको संस्था चार्लटन नेपाली समाजले आयोजना गरेको तीज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । हाल बेलायत रहेकी चर्चित लोकगायिका मन्जु पौडेललाई निम्त्याएर मनाइएको तीज कार्यक्रममा चार्लटन आसपासका क्षेत्रबाट महिलाहरुको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा गायिका मन्जु पौडेलले आफ्ना तीज सम्बन्धि गीतहरु मार्फत भरपुर मनोरञ्जन दिइन् भने महिलाहरुले परम्परागत शैलीमा समूहगत गीत तथा नाच प्रस्तुत गरे । आफैं रातो साडीमा सजिएकी मन्जुले स्टेजबाट दर्शक दीर्घाको माझमै पुगेर नाच्दै गर्दा माहोल तीजमय भएको थियो । गायनमा मात्रै नभएर उद्घोषण र बोलाइमा पनि उत्तिकै मिठासको कला भएकी मन्जुले यो कार्यक्रममा पनि राम्रै प्रसंशा बटुलिन् ।
स्थानीय कलाकारहरु एलिसा कंडेल, रिया खरेल, अस्मिता पाण्डे, इस्मारिका पाण्डे, सिता ढकाल, प्रियना खरेल, सिता अर्याल लगायतले आकर्षक नृत्य प्रस्तुत गरे । कार्यक्रममा नेपाल देखि आफ्नो परिवार भेटघाट एवं भ्रमणमा आएका आमा बुवाहरुको पनि उल्लेख्य उपस्थिति देखिन्थ्यो । विदेशमा नेपाली तीजको रमझम देख्दा उनीहरुसमेत दंग देखिन्थे । कार्यक्रममा स्थानीय बाहेक लामो दुरीबाट आएका सहभागीहरुको समेत उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा आफ्ना बुवा र श्रीमती सहित सहभागी हुन पुगेका बेलायतका लागी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई प्रमुख अतिथिको रुपमा सम्मान गरिएको थियो । मन्जु भण्डारीले सञ्चालन गरेको उक्त तीज कार्यक्रममा समाजका अध्यक्ष रोमनाथ पाण्डेले एक्लो वक्ताको रुपमा उपस्थितहरुलाई स्वागत गर्दै महिला विशेषले मनाउने तीज पर्वको शुभकामना दिएका थिए ।
समाजका सचिव टि एन रिजालले प्रतिकुल मौसमको वावजुद पनि करिव ३ सय माथिको उपस्थितिले समाजका गतिविधिको लोकप्रियताप्रति सन्तोष व्यक्त गर्ने ठाउं रहेको बताए । “महिला दिदी बहिनीहरुले तीजको भरपुर आनन्द लिएकामा खुशी लागेको छ”, कार्यक्रम पछि उनले भने ।
उक्त कार्यक्रममा स्थानीय खान रेस्टुरेन्टले तीज दरको क्याटरिंग गरेको थियो ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने