लन्डन । साउथ इष्ट लन्डनको चार्लटनमा बसोवास गर्ने नेपालीहरुको संस्था चार्लटन नेपाली समाजले आयोजना गरेको तीज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । हाल बेलायत रहेकी चर्चित लोकगायिका मन्जु पौडेललाई निम्त्याएर मनाइएको तीज कार्यक्रममा चार्लटन आसपासका क्षेत्रबाट महिलाहरुको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा गायिका मन्जु पौडेलले आफ्ना तीज सम्बन्धि गीतहरु मार्फत भरपुर मनोरञ्जन दिइन् भने महिलाहरुले परम्परागत शैलीमा समूहगत गीत तथा नाच प्रस्तुत गरे । आफैं रातो साडीमा सजिएकी मन्जुले स्टेजबाट दर्शक दीर्घाको माझमै पुगेर नाच्दै गर्दा माहोल तीजमय भएको थियो । गायनमा मात्रै नभएर उद्घोषण र बोलाइमा पनि उत्तिकै मिठासको कला भएकी मन्जुले यो कार्यक्रममा पनि राम्रै प्रसंशा बटुलिन् ।
स्थानीय कलाकारहरु एलिसा कंडेल, रिया खरेल, अस्मिता पाण्डे, इस्मारिका पाण्डे, सिता ढकाल, प्रियना खरेल, सिता अर्याल लगायतले आकर्षक नृत्य प्रस्तुत गरे । कार्यक्रममा नेपाल देखि आफ्नो परिवार भेटघाट एवं भ्रमणमा आएका आमा बुवाहरुको पनि उल्लेख्य उपस्थिति देखिन्थ्यो । विदेशमा नेपाली तीजको रमझम देख्दा उनीहरुसमेत दंग देखिन्थे । कार्यक्रममा स्थानीय बाहेक लामो दुरीबाट आएका सहभागीहरुको समेत उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा आफ्ना बुवा र श्रीमती सहित सहभागी हुन पुगेका बेलायतका लागी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई प्रमुख अतिथिको रुपमा सम्मान गरिएको थियो । मन्जु भण्डारीले सञ्चालन गरेको उक्त तीज कार्यक्रममा समाजका अध्यक्ष रोमनाथ पाण्डेले एक्लो वक्ताको रुपमा उपस्थितहरुलाई स्वागत गर्दै महिला विशेषले मनाउने तीज पर्वको शुभकामना दिएका थिए ।
समाजका सचिव टि एन रिजालले प्रतिकुल मौसमको वावजुद पनि करिव ३ सय माथिको उपस्थितिले समाजका गतिविधिको लोकप्रियताप्रति सन्तोष व्यक्त गर्ने ठाउं रहेको बताए । “महिला दिदी बहिनीहरुले तीजको भरपुर आनन्द लिएकामा खुशी लागेको छ”, कार्यक्रम पछि उनले भने ।
उक्त कार्यक्रममा स्थानीय खान रेस्टुरेन्टले तीज दरको क्याटरिंग गरेको थियो ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा