लण्डन । एनअारएनए युकेको महासचिव पदमा खुशी लिम्बुले उम्मेदवारी दिने भएका छन् ।
यसअघि उनले एनअारएनए युकेको कुनै पनि पदाधिकारी पदमा उम्मेदवारी दिने बताएका थिए ।
निर्वाचन समितिले सोमबार प्रथमपटक मतदाता नामावली प्रकाशन गरेपछि लिम्बुले महासचिव पदमा उम्मेदवार दिने सार्वजनिक गरेका हुन् ।
‘साथीभाइ, शुभचिन्तकको सल्लाह, सुझाव र हालसम्म महासचिव पदका लागि चर्चामा अाउनुभएका साथीहरूभन्दा राम्रो गर्न सक्छु भन्ने अात्मविश्वासले महासचिव पदमा उम्मेदवारी दिने निधो गरेको हुँ’ लिम्बुले भने ।
हङकङ नेपाली मन्च युकेका महासचिव, रोयल ग्रीनीच नेपलिज सोसाइटीका महासचिव रहेका लिम्बुले खुशीले युनिभर्सिटी अफ सरेबाट क्रिमिनल जस्टिस एण्ड सोसल रिसर्चमा स्नातकोत्तर गरेका छन् भने लण्डन साउथ ब्यांक युनिभर्सिटीबाट क्रिमिनोलोजीमा बीए अनर्स । हाल उनी गोल्डस्मिथ युनिभर्सिटीबाट ह्युमन राइट्समा स्नातकोत्तर अध्ययनरत छन् ।
कहिले सचिवमा, कहिले पदाधिकारीमा, अहिले महासचिवमा उम्मेदवारी दिएका उनलाइ सोधियो, ‘उम्मेदवारी मनोनयन हुने बेलामा फेरि पद परिवर्तन गर्नुहुन्छ कि’ भन्ने जिज्ञासामा उनले भने, ‘अबमेरो उम्मेदवारी परिवर्तन हुन्न ।’
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता