लण्डन । एनअारएनए युकेको महासचिव पदमा खुशी लिम्बुले उम्मेदवारी दिने भएका छन् ।
यसअघि उनले एनअारएनए युकेको कुनै पनि पदाधिकारी पदमा उम्मेदवारी दिने बताएका थिए ।
निर्वाचन समितिले सोमबार प्रथमपटक मतदाता नामावली प्रकाशन गरेपछि लिम्बुले महासचिव पदमा उम्मेदवार दिने सार्वजनिक गरेका हुन् ।
‘साथीभाइ, शुभचिन्तकको सल्लाह, सुझाव र हालसम्म महासचिव पदका लागि चर्चामा अाउनुभएका साथीहरूभन्दा राम्रो गर्न सक्छु भन्ने अात्मविश्वासले महासचिव पदमा उम्मेदवारी दिने निधो गरेको हुँ’ लिम्बुले भने ।
हङकङ नेपाली मन्च युकेका महासचिव, रोयल ग्रीनीच नेपलिज सोसाइटीका महासचिव रहेका लिम्बुले खुशीले युनिभर्सिटी अफ सरेबाट क्रिमिनल जस्टिस एण्ड सोसल रिसर्चमा स्नातकोत्तर गरेका छन् भने लण्डन साउथ ब्यांक युनिभर्सिटीबाट क्रिमिनोलोजीमा बीए अनर्स । हाल उनी गोल्डस्मिथ युनिभर्सिटीबाट ह्युमन राइट्समा स्नातकोत्तर अध्ययनरत छन् ।
कहिले सचिवमा, कहिले पदाधिकारीमा, अहिले महासचिवमा उम्मेदवारी दिएका उनलाइ सोधियो, ‘उम्मेदवारी मनोनयन हुने बेलामा फेरि पद परिवर्तन गर्नुहुन्छ कि’ भन्ने जिज्ञासामा उनले भने, ‘अबमेरो उम्मेदवारी परिवर्तन हुन्न ।’
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’