लन्डन । क्याप्टेन जोन आर्मस्ट्रङ र कर्पोरल अर्जुन लिम्बु उत्तरी क्यानेडियन किनारको साहसिक यात्रा सकेर ९३ दिनपछि ब्रिटेन फर्किएका छन् । सेकेन्ड बटालियन, दि रोयल गोर्खा राइफल्स् आवद्ध ति गोर्खा नेपालमा पिउने पानी र सरसफाइ योजनाका लागि कोष अभिवृद्धि गर्न उक्त साहसिक यात्रामा जुटेका थिए ।
चिसो बरफको यात्रा, थकान र बेला बेला अस्वस्थ हुनुपरेको क्षण । तर, कत्ति विचलित भएनन् उनीहरु । एल्स्मेयर टापु वरपर एकहजार माइल लामो यात्रामा उनीहरुले जोखिमयुक्त स्की, कायाक र पदयात्रा पार लगाए । उनीहरुको विश्व रेकर्ड गर्ने योजना भने सफल भएन ।
क्याप्टेन आर्मस्ट्रङ र कर्पोरल लिम्बुले ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठका अवसरमा त्यस्तो साहसिक यात्रा गर्ने योजना वर्षदिन अघि बनाएका थिए ।
यात्राबाट उनीहरुले दि गोर्खा वेलफेयर ट्रष्टका लागि दशहजार पाउण्ड भन्दा बढि संकलन गर्न सफल भएका छन् ।
ब्रिटेन फर्किएपछि कर्पोरल लिम्बुले भनेका छन्, ‘मेरो पुर्खाले प्रथम र दोश्रो विश्वयद्ध अनि फकल्याण्ड युद्ध लडे । म आफैं अफगानिस्तान र इराक युद्धमा होमिंए । त्यसकारण मलाई यो यात्रा खासै समस्या लागेन ।’
केही समयपछि बिहे वन्धनमा बांधिन लागेका क्याप्टेन आर्मस्ट्रङलाई भने केही अप्ठेरो सामना गर्नुपरेको सम्झना छ । ‘तर, विभिन्न बाधा व्यवधानसंग जुध्ने हाम्रो प्रण र प्रशिक्षणले अनकण्टार क्षेत्रको यात्रा सफल गरायो’, उनी भन्छन् ।
ड्युटीमा फर्कनुअघि उनीहरु केही समय आराम गर्ने मनस्थितिमा छन् । उनीहरुले आफ्नो यात्राको बेलिविस्तार यसैवर्षको अन्त्यतिर गर्ने गोर्खा वेलफेयर ट्रष्टले जनाएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित