लन्डन । ३० अगष्टमा केम्प्टन पार्क रेसकोर्समा हुन लागेको नेपाली मेलाको प्रिन्सिपल गोल्ड स्पोन्सर बिअर ब्रुअरी कम्पनी लि. यूकेले भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । मेलामा प्रथम पुरस्कार एघार सय पाउण्ड प्रायोजन गरेको उक्त कम्पनीले विक्री भएको बियरको प्रति पाइन्ट ५० पेन्स् भूकम्प पीडितलाई दिने प्रतिवद्धता व्यक्त गरेको हो । मेलामा ५ हजार हाराहारी सहभागी हुने अपेक्षा छ ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै नेपाली मेलामा सहभागी हुन पाउनुलाई गर्वको विषय समेत भनेको छ । कम्पनीले ब्रिटिस सेनामा गोर्खा भर्ती र बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठमा लक्षित नेपाली मेलामा कम्प्लिीमेन्ट्री बी शेयर समेत जारी गर्ने बताएको छ । साधारण ए शेयर लिनेले कम्प्लिीमेन्ट्री बी शेयर प्राप्त गर्न सक्ने र यो ए शेयरको दश प्रतिशत बराबरको हुने जनाइएको छ ।
प्रिमियम क्राफ्ट लागर बियर उत्पादन गर्ने बेलायती कम्पनी बिअर ब्रुअरी कम्पनी लि.ले गत वर्षमात्र लन्डन वाइन फेयर ट्रेड इभेन्ट, ओलम्पियामा आफ्नो उत्पादन सार्वजनिक गरेको थियो । कम्पनीले नेपाली मेलाकै अवसरमा उसको विश्वव्यापी व्यवसाय विस्तार योजना अन्तर्गत नेपालमा सर्वोच्च शिखर सगरमाथाबाट उत्पादन शुरु गर्ने जनाएको छ ।
तमुधिं यूकेको आयोजनामा सन् २००९ यता वर्षेनी हुंदै आएको नेपाली मेलामा यसपटक पनि विगत जस्तै सांस्कृतिक झांकी, नेपाली खाना तथा उत्पादनका स्टल, एम्बेसेडर कप, जि २०० विशेष कार्यक्रम, युवाहरुको सांस्कृतिक प्रस्तुति, ट्होटे पर्व आदि विशेष आकर्षणका रुपमा रहने छन् । नेपाली मेला यस्तो जमघट हो, जहां बेलायतस्थित विभिन्न जातीय तथा सामाजिक संघसंस्थाले भेषभुषा, संस्कृति, रहनसहन आदि पहिचान झल्काउने झांकी प्रदर्शन गर्ने गर्छन् ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित