
काठमाडौँ, ७ भदौ । व्यवस्थापिका–संसद्ले मुलुक संविधान निर्णयको ऐतिहासिक चरणमा रहेकाले सबैलाई धैर्य र संयमित प्रदर्शन गर्न आह्वान गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।
कैलालीको टीकापुर लगायतको स्थानमा भएको हिंसात्मक घटनाका बारेमा लिएर गृहमन्त्री वामदेव गौतमले संसद्बाट विशेष आह्वान गर्न आवश्यक रहेको जनाएपछि संसद्ले उक्त आह्वान गर्दै प्रस्तावलाई अनुमोदन गरेको हो ।
कैलालीको टीकापुरमा भएको घटनाप्रति सिङ्गो संसद् स्तब्ध गराएको जनाउँदै बैठकले उक्त घटनालाई दुःखद भनी खेद प्रकट पनि गरेको छ ।
बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्दै सभामुख सुवास नेम्वाङले मुलुक संविधान निर्माणको यो ऐतिहासिक अभिभारा पूरा गर्ने चरणमा रहेको बेलामा असन्तुष्टि र गुनासाको स्वर आउनुलार्ई स्वाभाविक भए पनि असन्तोषलाई लिएर हिंसात्मक गतिविधि हुन स्वीकार्य हुनै नसक्ने बताउनुभयो ।
बैठकले सम्पूर्ण जनसमुदाय, नागरिक समाज, राजनीतिक दल र सङ्घसंस्थालाई सामाजिक एकता, सद्भाव र शान्तिका लागि क्रियाशील हुन पनि अपिल गरेको छ ।
प्रस्तावमा भनिएको छ– ‘यस बेला हामी सबैले धैर्य र संयमित प्रदर्शन गर्न जरुरी छ । संसद्ले प्रशासन र सुरक्षाकर्मीलाई शान्ति सुव्यवस्था कायम गर्ने आफ्नो कर्तव्यपालनामा दृढ रहन पनि आग्रह गरेको छ ।”
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया