काठमाडौँ, ७ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरूले संविधान जारी हुने अन्तिम समयमा आइपुग्दा जातीयता र क्षेत्रीयताका कुरा उठाएर आन्दोलन नगर्न आग्रह गरेका छन् ।
“अहिले देशका लागि आन्दोलनभन्दा शान्ति, समृद्धि र संविधान आवश्यक छ” – उनीहरूले एकै स्वरमा भने ।
सभामुख सुवासचन्द्र नेम्वाङसँग समय माग गरी सांसद भरतकुमार साहले संविधान जारी गर्ने अन्तिम समयमा सबैले संयम अपनाउनुपर्ने बताउँदै धमिलो पानीमा माछा मार्ने काम कहीँ कतैबाट गर्न नहुनेमा जोड दिए ।
सांसद भीमबहादुर रावलले संविधान जारी हुने अन्तिम बिन्दुमा आइपुग्दा जनतालाई भड्काउने र सामाजिक सद्भाव खलबलाउने काम कहीँ कतैबाट हुन नहुने भन्दै जाति, समुदाय एकजुट भएमा मात्र देश समृद्धिको दिशामा अगाडि बढ्न सक्ने बताए ।
सांसद अशोककुमार मण्डलले सुरक्षाको नाममा प्रहरीले सप्तरी भारदहवासीलाई घर घरमा गई कुटपिट गरेको आरोप लगाउँदै सो आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्न र घाइतेको निःशुल्क उपचारको माग गरे ।
सांसद इस्तियाद अहमद खानले हज गर्न मक्का मदिना जान चाहने सबै एक हजार ४१५ जनालाई अनुमति दिन सरकारसँग माग गरे ।
सांसद हरिशचरण साहले अन्तरिम संविधानमा उल्लिखित अधिकारलाई नयाँ संविधानमा सुनिश्चित गर्न र प्रदेश निर्माण गर्दा मधेस तराईका जनताको भावनालाई समेट्न सुझाव दिए ।
सांसद श्यामकुमार श्रेष्ठले प्रस्तावित संविधानमा प्रादेशिक सीमाङ्कन राजनीतिक दलको चुनावी गणितमा आएको चर्चा गर्दै तराई मधेस र थरुहटका आन्दोलनकारीका माग समयमै सम्बोधन गर्न माग गरे ।
सांसद जनकराज जोशीले प्रक्रिया र पद्धतिविहीन निर्णयले देशमा स्थायित्व नआउने बताए । सांसद दीपक गिरी बिनाआधार रुकुम र सल्यान जिल्लालाई प्रदेश निर्माणका क्रममा नटुक्र्याउन सुझाव दिए ।
सांसद टीकाराम लिम्बूले नेपाल आदिवासी जनजाति महासङ्घले आह्वान गरेको बन्दका क्रममा सरकारले आदिवासी जनतालाई धरपकड गर्नु आपत्तिजनक भएको बताए ।
सांसद टेकबहादुर बस्नेतले सिद्धान्त, स्थापित मान्यता, विधि र पद्धतिबाट प्रदेशको निर्माण हुुनुपर्नेमा राजनीतिक लेनदेन र स्वार्थमा प्रदेश बनाइएको आरोप लगाए । सांसद मिठु मल्लले रुकुम जिल्लालाई प्रदेश निर्माणका नाममा विभाजन गर्न नहुने बताए ।
सांसद विन्दा आलेमगरले आन्दोलन गरिरहेको नेपाल आदिवासी जनजाति महासङ्घलाई वार्तामा बोलाउन सरकारलाई सुझाव दिए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा