लन्डन । नेपलिज नर्सिङ्ग एसोसिएसन यूके आठ वर्षमा प्रवेश गरेको छ । सन् २००८ मा आजकै दिन एसोसिएसन गठन भएको थियो । स्थापना दिवसका अवसरमा एसोसिएसन अध्यक्ष सुशिला कार्कीले संस्थालाई अहिलेको अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन् । कार्कीले यसै अवसरमा लेखेकी छन्ः
मनको मझेरीमा हुर्केका पेशागत श्रद्धा र मानवीय भावनालाई संसारिक फांटमा हुर्काउने रहरलाई मुर्तरुपदिन भाद्र अर्थात अगष्ट २४, २००८ मा हामी नर्सहरु एकत्रित भएको क्षण मनमा ताजै छ । त्यस सांझ भेला भएका नर्सहरुको एक स्वर र एक मनलाई एउटै छाता मुनी ल्याउने उद्देश्य राखेर न्वारन भएको थियो नेपलिज नर्सिङ्ग एसोसिएसन यूके ।
विगतको यात्रालाई सम्झंदा समझदारिता र नर्स एकता अनुपम उदाहरण लिन सकिन्छ । महिला हुनुको वाध्यतासहित सामाजिक मन र मानवीय भावनालाई मानवहित खातिर गरिएका उल्लेखनीय कार्य सफलतालाई हामी सम्पूर्ण नर्सले गर्व गर्ने विषय भएको छ ।
विभिन्न चुनौतीको सामना गर्दै हाम्रो सात वर्षको यात्रा सफल रह्यो । हाम्रो सामु एक महिला हुनुको पछाडि थुप्रै घरायसी, पारिवारिक, सामाजिक लगायत वाध्यतालाई छिचोल्दै उल्लेखनीय कार्यहरु सम्पन्न गर्न सक्यौं ।
यी सफलताको पछाडि हाम्रा शुभचिन्तक, आत्मिकमनहरु, हाम्रा यो पवित्र संस्थाका लागि अहोरात्र खटिएका सम्पूर्ण सदस्यहरु, पेशा ,मन र ह्दय एकै भएका सेवाका भावनाले ओतप्रोत सम्पूर्ण नर्सहरु, पत्रकार मित्रहरु, अन्य संघसंस्थाका हितैषीहरु, सल्लाहकार ज्यूहरु एवं सम्पूर्ण सहयोगी मनहरुलाई अनन्त अनि लाखौं लाख धन्यवाद दिन चाहन्छौं । जुन उद्देश्यमा केन्द्रित थियो, त्यस गोरेटोलाई आत्मसाथ गर्दै एक उचाईंसम्म पुर्याउनु सानो परिश्रम अवश्य छैन् । पेशागत एकता अनि एक्येवद्धता हाम्रो एक अपरिहार्य आवश्यकता र चुनौतीहरु हुन् जुन हाम्रो सामु आज एक अनुपम उदाहरणका रुपमा स्थापित छ । यो हाम्रो असिम सफलता हो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण