तेहरान, ४ भदौ । बेलायत सरकारले इरानमा आफ्नो दूतावास खोल्ने भएको छ । यसअघि यहाँ बन्द गरिएको सो दूतावास पुन खोल्ने योजना बेलायत सरकारले बनाएको हो ।
सोही प्रयोजनका लागि बेलायतका विदेशमन्त्री फिलिप ह्यामोण्डले आगामी आइतबारदेखि तेहरानको भ्रमण गर्न लाग्नुभएको बताइएको छ ।
सोही भ्रमणका क्रममा इरानमा रहेको बेलायती दूतावास पुन स्थापना गरिने जानकारी एएफपी समाचार समितिका प्रतिनिधिले तेहरानबाट जनाएका छन् ।
विदेशमन्त्री ह्यामोण्डले नै गएको जुलाई महिनामा इरान र विश्वका शक्ति राष्ट्रहरुबीच आणविक वार्ताका लागि पहल गर्नुभएको थियो ।
उहाँको पहलबाट नै इरान र विश्वका शक्ति राष्ट्रबीचमा आणविक सम्झौता सम्पन्न भएको थियो ।
इरानमा रहेको बेलायती दूतावास सन् २०११ देखि बन्द भएको थियो । इरानमा प्रदर्शनकारीहरुले सो दूतावासमा व्यापक मात्रामा हमला गरेपछि उक्त दूतावास बन्द गरिएको थियो ।
यसअघि हालैमात्र अमेरिकी सरकारले पनि करिब ५४ वर्षपछि क्युवाको राजधानी हवानामा रहेको अमेरिकी दूतावास पुनःस्थापना गरेको थियो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते