
कोलम्बो, ४ भदौ । श्रीलङ्काको नयाँ प्रधानमन्त्रीका रुपमा रनिल विक्रमासिंघेले शुक्रबार सपथ लिनुभएको समाचार छ ।
उहाँले शुक्रबार राष्ट्रपतीय कार्यालयमा आयोजित विशेष समारोहमा श्रीलङ्काको नयाँ प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको राजधानी कोलम्बोबाट प्राप्त समाचरमा जनाइएको छ ।
श्रीलङ्काको युनाइटेड नेसनल फ्रन्टका नेताका रुपमा उहाँले शुक्रबार प्रधानमन्त्री पदको सपथ लिनुभएको हो ।
उहाँले श्रीलङ्काको प्रधानमन्त्रीका रुपमा यो चौथो पटक सपथ लिनुभएको हो । यसअघि प्रधानमन्त्री नै रहनुभएका उहाँले गत सोमबार सम्पन्न आमनिर्वाचनमा विजय हासिल गर्नुभएको थियो ।
उहाँको दल युनाइटेड नेसनल फ्रन्टले सो आमनिर्वाचनमा २२५ स्थानमध्ये १०६ स्थान हासिल गरेको थियो ।
उहाँका विपक्षी रहेका पूर्व राष्ट्रपति महिन्दा राजपाक्छेले भने ९५ स्थान मात्र हासिल गर्नुभएको थियो । सो निर्वाचनपछि उहाँ श्रीलङ्कामा पुनः नयाँ प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको हो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते