काठमाडौँ, ४ भदौ । एसियाली विकास बैंकले भूकम्पपछिको आपत्कालीन सहायता परियोजना कार्यान्वयन गर्न रु २० अर्ब ऋण सहयोग उपलब्ध गराउने भएको छ ।
भूकम्पबाट बिग्रे भत्केका सार्वजनिक पूर्वाधार सेवाको पुनःस्थापनाका लागि उपलब्ध गराइने ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थमन्त्रालयमा हस्ताक्षर भयो ।
यहाँस्थित एसियाली विकास बैंकका देशीय निर्देशक केनिची युकोयामा र अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
परियोजनाअन्तर्गत ७०० वटा विद्यालय, १३५ किमी रणनीतिक सडक तथा ४५० किमी ग्रामीण सडक मर्मत सम्भार एवम् पुनःनिर्माण गरिने छ ।
आगामी तीन वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ पुनःनिर्माण प्राधिकरणले काम गर्ने अर्थमन्त्रालयले जनाएको छ ।
रासससँगको सङ्क्षिप्त कुराकानीमा देशीय निर्देशक युकोयामाले परियोजनाको शीघ्र कार्यान्वयनमा जोड दिँदै भौतिक पूर्वाधारहरुको पुनःस्थापनाबाट नेपालको आर्थिक गतिविधि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त परियोजना अन्तर्राष्ट्रिय दाता सम्मेलनको अघिल्लो दिन स्वीकृत भएको जानकारी दिँदै उहाँले त्यस्तै गतिमा अन्य परियोजनाका प्रक्रियागत कामकारबाही सम्पन्न भएमा नेपालको विकास–निर्माणका आयोजनाहरु कार्यान्वयन गर्न सहज हुने बताउनुभयो ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित