भक्तपुर, ४ भदौ । नयाँ संविधानमा धर्म निरपेक्ष हटाएर हिन्दू राज्य लेख्न माग गर्दै आज बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा शङ्ख बजाइएको छ ।
ओमकार समाजको नेतृत्वमा आएको समूहले ओली निवासमा पुगेर शङ्ख बजाउँदै हिन्दू राज्यको माग गरेका हुन् । हिन्दू राज्यको माग गर्दै ओली निवास पुगेको टोलीमध्येका ११ जना पण्डितले शङ्ख बजाएका थिए ।
शङ्ख बजाउँदै ९४ प्रतिशत हिन्दू धर्मावलम्बी भएको देशलाई धर्म निरपेक्ष गर्न पाइन्न, हिन्दू राज्य कायम गर्नै पर्छ भन्ने माग राखेका थिए ।
उनीहरुले एमाले अध्यक्ष ओलीलाई भेटेर नयाँ संविधानमा हिन्दू राज्य लेखिनुपर्ने माग राखेको समाजका प्रतिनिधिहरुले जानकारी दिएका छन् ।
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया