लन्डन । नेपाली सेनाका कर्णेल कुमार लामाको मुद्दा सुनुवाइका लागि अझै इजाजतप्राप्त दोभासे नपाइएपछि प्रतिवादीका तर्फबाट मुद्दा खारेज गर्न माग भएको छ ।
करिब ५ महिनाअघि अभियोजन पक्षले दोभासे नभेट्टाएपछि १२ सदस्यीय जुरीले अगष्ट दोश्रो सातासम्मका लागि सुनुवाइ स्थगित गरेको थियो । तर, यतिका समय बित्दा समेत रजिष्टर्ड दोभासे नपाइएपछि कर्णेल लामा पक्षका वकिलले अब मुद्दा नै खारेज गरिदिन आग्रह गरेको श्रोतले उल्लेख गरेको छ । ‘दोभासे नै नभएपछि अब मुद्दा लम्ब्याइरहन आवश्यक रहेन’, प्रतिवादी वकिलको भनाइ उधृत गर्दै श्रोतले भन्यो ।
यद्यपि, अभियोजन (वादी) पक्ष भने त्यसो गर्न राजी छैन् । बरु अभियोजन पक्षले मुद्दाको सुनुवाइ अर्को वर्षसम्मका लागि स्थगित गर्न चाहेको श्रोतले बतायो ।
बेलायतमा इजाजतप्राप्त दोभासे नेपाली एकजना महिलामात्र रहेको र ति महिलाले कर्णेल लामा कष्टडीमा रहंदा दोभासेको भूमिका निर्वाह गरिसकेकाले अदालतले पुनः उनलाई नलिने भएपछि यसको खोजी जारी छ ।
यसैबीच, लामाको मुद्दा सुनुवाइ सम्बन्धमा छलफल गर्न जुरी बैठक आगामी २४ अगष्ट (सोमबार) बस्ने भएको छ । ‘यो सुनुवाइ नै होइन, यसको व्यवस्थापन सम्बन्धि बैठक हुनेछ’, श्रोतले भनेको छ ।
बेलायतको आवासीय अधिकार लिएका लामा विदामा परिवार भेट्न बेलायत आउंदा सन् २०१३, ३ जनवरीमा एक्कासी समातिएका थिए । त्यतिबेला उनी दक्षिणी सुडानमा शान्ति सेनाको नेतृत्व सम्हालिरहेका थिए ।
लामाले सन् २००५ मा कपिलवस्तु र रुपन्देहीको सिमानामा रहेको गोरुसिंगे ब्यारेकमा प्रमुख रहंदा माओवादीको आरोपमा थुनिएका दुई बन्दीलाई यातना दिएको अभियोगमा यहां मुद्दा खेपिरहेका छन् । लामामाथि ब्रिटिश डोमेष्टिक ल (क्रिमिनल जस्टिस् एक्ट १९८८ (१३४) अन्तर्गत मुद्दा छ ।
लामालाई यातना विरुद्धको महासन्धि अर्थात क्याट (कन्भेन्सन अगेन्स्ट टर्चर) अन्तर्गत पक्राउ गरिएको थियो । क्याट कन्भेन्सन संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मानवअधिकार सम्वन्धि सन्धि हो जसले यातना, मानवअधिकार उल्लंघन, अमानवीय व्यवहार आदि नियन्त्रणको उद्देश्य राख्छ । हालसम्म नेपालसहित विश्वका एकसय ५४ मुलुकले यस सन्धिमा हस्ताक्षर गरेका छन् ।
चेम्स्फोर्ड क्राउन कोर्ट इसेक्स्को आदेश अनुसार पक्राउ परेको करिब अढाइ महिनापछि सन् २०१३, १५ मार्चमा जमानतमा रिहा भएका लामा त्यस यता इलेक्ट्रोनिक ट्यागिङको निगरानीमा छन् । उनलाई बेलायत छाड्न प्रतिवन्ध छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’