लन्डन । नेपाली सेनाका कर्णेल कुमार लामाको मुद्दा सुनुवाइका लागि अझै इजाजतप्राप्त दोभासे नपाइएपछि प्रतिवादीका तर्फबाट मुद्दा खारेज गर्न माग भएको छ ।
करिब ५ महिनाअघि अभियोजन पक्षले दोभासे नभेट्टाएपछि १२ सदस्यीय जुरीले अगष्ट दोश्रो सातासम्मका लागि सुनुवाइ स्थगित गरेको थियो । तर, यतिका समय बित्दा समेत रजिष्टर्ड दोभासे नपाइएपछि कर्णेल लामा पक्षका वकिलले अब मुद्दा नै खारेज गरिदिन आग्रह गरेको श्रोतले उल्लेख गरेको छ । ‘दोभासे नै नभएपछि अब मुद्दा लम्ब्याइरहन आवश्यक रहेन’, प्रतिवादी वकिलको भनाइ उधृत गर्दै श्रोतले भन्यो ।
यद्यपि, अभियोजन (वादी) पक्ष भने त्यसो गर्न राजी छैन् । बरु अभियोजन पक्षले मुद्दाको सुनुवाइ अर्को वर्षसम्मका लागि स्थगित गर्न चाहेको श्रोतले बतायो ।
बेलायतमा इजाजतप्राप्त दोभासे नेपाली एकजना महिलामात्र रहेको र ति महिलाले कर्णेल लामा कष्टडीमा रहंदा दोभासेको भूमिका निर्वाह गरिसकेकाले अदालतले पुनः उनलाई नलिने भएपछि यसको खोजी जारी छ ।
यसैबीच, लामाको मुद्दा सुनुवाइ सम्बन्धमा छलफल गर्न जुरी बैठक आगामी २४ अगष्ट (सोमबार) बस्ने भएको छ । ‘यो सुनुवाइ नै होइन, यसको व्यवस्थापन सम्बन्धि बैठक हुनेछ’, श्रोतले भनेको छ ।
बेलायतको आवासीय अधिकार लिएका लामा विदामा परिवार भेट्न बेलायत आउंदा सन् २०१३, ३ जनवरीमा एक्कासी समातिएका थिए । त्यतिबेला उनी दक्षिणी सुडानमा शान्ति सेनाको नेतृत्व सम्हालिरहेका थिए ।
लामाले सन् २००५ मा कपिलवस्तु र रुपन्देहीको सिमानामा रहेको गोरुसिंगे ब्यारेकमा प्रमुख रहंदा माओवादीको आरोपमा थुनिएका दुई बन्दीलाई यातना दिएको अभियोगमा यहां मुद्दा खेपिरहेका छन् । लामामाथि ब्रिटिश डोमेष्टिक ल (क्रिमिनल जस्टिस् एक्ट १९८८ (१३४) अन्तर्गत मुद्दा छ ।
लामालाई यातना विरुद्धको महासन्धि अर्थात क्याट (कन्भेन्सन अगेन्स्ट टर्चर) अन्तर्गत पक्राउ गरिएको थियो । क्याट कन्भेन्सन संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मानवअधिकार सम्वन्धि सन्धि हो जसले यातना, मानवअधिकार उल्लंघन, अमानवीय व्यवहार आदि नियन्त्रणको उद्देश्य राख्छ । हालसम्म नेपालसहित विश्वका एकसय ५४ मुलुकले यस सन्धिमा हस्ताक्षर गरेका छन् ।
चेम्स्फोर्ड क्राउन कोर्ट इसेक्स्को आदेश अनुसार पक्राउ परेको करिब अढाइ महिनापछि सन् २०१३, १५ मार्चमा जमानतमा रिहा भएका लामा त्यस यता इलेक्ट्रोनिक ट्यागिङको निगरानीमा छन् । उनलाई बेलायत छाड्न प्रतिवन्ध छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते